Hilsa Yatayat

तीन महिनादेखि हराएका किशोरको कंकाल भेटियो

थाहाखबर
तीन महिनादेखि हराएका किशोरको कंकाल भेटियो

तीन महिनादेखि  हराएका चंखेली गाउँपालिका–२ दार्मा गर्खाका १४ वर्षे शैलेन्द्र शाहीको मृत्यु भएको कंकाल भेटिएको छ। गएको साउन महिनाको १ गतेका दिनमाा धुम्माधारा र्खकबाट दूध, दही लिएर साउने संक्रान्ति मनाउनका लागि घरमा आउँदै गर्दा बीचबाट हराएका थिए।

 

मृत्यक शाही  दार्माको नजिकै पर्ने ताँमेखोलाबाट हराएको हुन सक्ने दार्माबाट मृत्यकका आफन्त तिलक शाहीले बताए। मृत्यक शाही १४ वर्षका बालज्योति आधरभूत विद्यालय दार्मामा कक्षा ५ मा अध्ययनरत विद्यार्थी भएको विद्यालय स्रोतले बताएको छ।

 

लामो समयदेखि हराएका बालक  मृत्यकका आफन्तले व्यापक खोजी गर्दासमेत नभेटिएपछि सबै ठाउँमा खोजी कार्यको लागि  अनुरोध गरेको मृत्यकका बुबा जनके शाहीले बताए। वनबाट घरमा आउँदै गर्दा नजिकैको छेडेदहबाट आउने खोला र ताँमे दहबाट  आउने खोलाको दोभनमा  रहेको वनमा मानवकंकाल भेटिएको चंखेलीबाट रतन  शाहीले थाहा खबरलाई जानकारी गराए।

 

अनुसार दाहससंस्कार गरिएको दार्माबाट मृत्यका आफन्त शाहीले बताएका छन्। के कारणले हराएको वा मृत्यु भएको बारेमा भने एकिन नभएको शाहीले जानकारी गराए। हुम्लाको सदरमुकाम सिमकोटदेखि  घटनास्थलसम्म ६० कोस टाढा रहेको जनाएको छ।

 

आफन्तका भनाइअनुसार मृत्यक शैलेन्द्र शाहीलाई भूत चढेको हुनाले मृत्यु भएको हुन सक्ने मृत्यकका आफन्तले आशंका गरेका छन्। तर, यस बारेमा जिल्ला प्रहरी कार्यालय भने अनिविज्ञ रहेको  छ।  

२०७५ असोज ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्