Hilsa Yatayat

चीन भ्रमणबाट फर्किए मुख्यमन्त्री, के भयो उपलब्धी ?

सेरोफेरो/सुर्खेत
चीन भ्रमणबाट फर्किए मुख्यमन्त्री, के भयो उपलब्धी ?

१३ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आफनो पहिलो चीन भ्रमण द्धिपक्षीय हित र प्रदेशको विकासका लागि अन्तराष्ट्रिय लगानीको वातावरण बनाउन निकै उपलब्धीपुर्ण भएको बताएका छन् ।


साताव्यापि चीन भ्रमणपछि प्रदेश राजधानी फर्कने क्रममा शनिबार सुर्खेत विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री शाहीले हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको जानकारी दिए ।


‘चाईना रेलवे कम्पनीसंग भएको प्रारम्भिक सहमति अनुसार सम्भाव्यता अध्ययन पछि प्रदेश सरकारलाई प्रतिवेदन बुझाउँछ ।’ मुख्यमन्त्री शाहीले भने ‘केन्द्र सरकारसंग सम्झौता पछि यो द्रुतमार्ग निर्माणको काम अगाडी वढ्छ ।’


हिल्सा–जमुनाहा द्रुतमार्ग कर्णालीको विकास र समृद्धिको मेरुदण्ड भएको वताउदै मुख्यमन्त्री शाहीले प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको जिकिर गरे ।


चीन भ्रमणमा कर्णाली ‘एअरलाईन्स’ स्थापना, पर्यटन पुर्वाधारको विकास, जडीवुटी प्रशोधन, जलविद्युत विकास, आन्तरिक तथा प्रादेशिक विमानस्थल निर्माण लगायतका विषयमा पनि छलफल भएको जानकारी दिए ।


चीन भ्रमणका क्रममा द्विदेशीय सिमा नाका निर्माणका बारेमा पनि चीनिया प्रतिनिधिमण्डलसंग छलफल भएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।


शाही ४ सदस्यीय टोली सहित प्रदेश सरकार बनेपछि पहिलो औपचारिक विदेश भ्रमणका लागि गत साता चीन प्रस्थान गरेका थिए ।


चीनको सिचुआन प्रान्तका गभर्नर इन लिको औपचारिक निमन्त्रणामा चीन गएका मुख्यमन्त्री शाही त्यहाँ सम्पन्न १७ औं ‘वइस्टर्न चाइना इन्टरनेश्नल फेयर’ र ‘वेल्ट र रोड डेभ्लपमेन्ट कन्फ्रेन्स’मा सहभागी भएका थिए ।

Photo of cm

२०७५ असोज १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्