Hilsa Yatayat

असुरक्षित गर्भपतन रोक्न जनचेतना आवश्यक

सेरोफेरो/सुर्खेत
असुरक्षित गर्भपतन रोक्न जनचेतना आवश्यक

१३ असोज । असुरक्षित गर्भपतन रोक्न तल्लो तहसम्म जनचेतना आवश्यक भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । शनिवार कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस)को आयोजना तथा आर.एच.आर.एन नेपालको आर्थीक सहयोगमा आयोजीत सुरक्षीत गर्भपतन सम्बन्धि अभिमुखीकरण कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

 

कार्यक्रममा बोल्दै पत्रकार यज्ञ खत्रीले गांउका दुर्रदराज ठांउमा जहां स्वास्थ्य चौकी जानै दुई दिन लाग्छ त्यस्ता ठांउमा सुरक्षीत गर्भपतन सम्बन्धि कार्यक्रम लैजानु पर्ने बताए । उनले भने ‘ शहरी क्षेत्रमा स्वास्थ्यका विषयमा मानीसहरु एकदमै सचेत छन् । जहां चेतना र पहुंच छैन त्यस्ता ठांउमा सुरक्षीत गर्भपतन सम्बन्धि कार्यक्रम गर्नुपर्दछ ।’

 

त्यस्तै कार्यक्रममा बोल्दै पत्रकार ईश्वर अधीकारीले सुरक्षीत गर्भपतन गराउने कुरालाई अबैध गर्भले ओझेलमा पारेको बताए । उनले भने ‘बैध गर्भ हो र त्यसले आफ्नो ज्यान खतरामा पार्दैछ भन्ने थाहापाउने वित्तीकै मानीसहरु सुरक्षीत तरिकाले गर्भपतन गराउंछन् । तर जब अबैध गर्भ हो भने मानीस हरु लुकेर नै गर्भपतन गराउन चाहान्छन् र त्यसले महिलाहरुको ज्यान जोखीममा पारेको छ ।'

 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले असुरक्षीत गर्भपतनका कारण महिलाको ज्यानै जाने भएकोेले यसमा सबै सचेत हुनुपर्ने बताए । उनले भने ‘ सरकारले सुरक्षीत गर्भपतनको लागी निकाय तोकेकै छ । त्यसैले असुरक्षीत गर्भपतन गराई ज्यान जोखीममा पार्नु गलत हो । ’

 

कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र का अध्यक्ष अजबहादुर शाहिले सुरक्षीत गर्भपतन ले महिलाहरुको ज्यानको सुरक्षा हुने र कानुनले समेत त्यसलाई मान्यता दिने भएकोले यसमा सबैको ध्यान जानुपर्ने बताएका छन् ।

 

कार्यक्रममा सन्तोष भण्डारीले नेपालमा गर्भपतनको अवस्थाका विषयमा प्रस्तुती राखेका थिए । प्रस्तुती राख्दै सन्तोष भण्डारीले नेपालमा सुरक्षीत भन्दा असुरक्षीत गर्भपतन गराउनेको संख्या बढि भएको तथ्यांक समेत प्रस्तुत गरको थिए ।

 

नेपालमा ४२ प्रतीशत सुरक्षित र ५८ प्रतिशत असुरक्षीत गर्भपतन गराईने गरेको समेत उनले तथ्याङ्कमा प्रस्तुत गरका थिए । कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका पत्रकार गरी करिब ३५ जनाको सहभागीता रहेको थियो ।

२०७५ असोज १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्