Hilsa Yatayat

छोरालाई बचाउन प्रेमाछिरिङ्गको अनुरोध

सेरोफेरो/सुर्खेत
छोरालाई बचाउन प्रेमाछिरिङ्गको अनुरोध

१४ असोज । हुम्लाको चंखेली गाउँपालीका वडा नं ५ नेप्कामा भदौ ३० गते आएको पहिरोका कारण घाईते भएका छोरा बचाउनका लागी बुवाआमाले सहयोगको अपिल गरेका छन् ।


चंखेली नजिकैको ठुलो चट्टान फुटेर पहिरो गएपछि गत भर्दौ ३० गते घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो ।


सुख्खा पहिरोका कारण चंखेली गाउँपालीका ५ का ८ वर्षिय युकेश तामाङ्गको टाउकोमा गम्भिर चोट लागेको थियो । घटनामा घाईते भएको युकेश तामाङ्गको नेपालगञ्ज स्थित मेडिकल कलेज बँँकेमा आईसियुमा उपचार भइरहेको छ ।


‘छोराको टाउकोमा गम्भिर चोट लागेको छ । घरको आर्थीक स्थिती न्युन छ।’ युकेशका बुवा प्रेमाछिरिङ्ग तामाङ्गले भने ‘छोराको जिवन बचाउनका लागी आर्थीक सहयोगको आशामा बसेको छु । अहिले सम्म कसैले सहयोग गरेको छैन ।’


प्रदेश तथा स्थानिय सरकारले केहि पहल गरे आफ्नो छोराको जीवन बचाउन सकिने आशा सहित उनले थपे ‘सुख्खा पहिरोका कारण मेरो छोराको यो हालत भएको छ । प्रदेश तथा स्थानिय सरकारले प्राकृतिक विपतमा परेकालाई भनेर केहि रकम छुट्टाएकोछ भन्छन् तर मलाई दिईएको छैन ।’


हवाई भाडामा नै मेरो भएभरको जायजेथा सकियो उनले रुंदै भने ‘अब मेरो छोरो पैसा नभएकै कारण मर्ने भयो ।’ उनको भाईकी छोरीको पनि काठमाडौंमा उपचार भईरहेको छ ।


उक्त पहिरोमा उनले भान्जी पनि गुमाए ।


छोराको ज्यान बचाईदिन आग्रह गर्दै शेर्पाले नरजङ्ग तामाङ्गको मोबाईल नम्बर ९८४८२२५३२१, आफ्नो मोवाईल नम्बर ९८४८३८५५१६ मा फोन गरी सहयोग गरिदिन आग्रह गरेका छन् ।

 

 २०७५ असोज १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्