Hilsa Yatayat

कहिले निर्माण होला वीरेन्द्रनगरको बसपार्क ? किन भयो ढिलाई ?

सीता वली 
कहिले निर्माण होला वीरेन्द्रनगरको बसपार्क ? किन भयो ढिलाई ?

१५ असोज । सुर्खेतको वीरेन्द्रनगरमा नयाँ बसपार्क निर्माणको लागि २०७४ कात्र्तीक १० मा निर्माण गरीसक्ने गरी २०७३ असार १४ मा चाईना नर्रशिङ्ग जेवी कम्पनीले नगरपालिकासंग सम्झौता गरेको थियो ।


वीरेन्द्रनगर नगरपालीकाका ईन्जिनियर बिशाल अधिकारीका अनुसार ६ करोड ८२ लाख ७५ हजार ८ सय ८७ रुपैयामा भएको सम्झौता समयमा निर्माण नभएपछि तीन पटक सम्झौताको म्याद थपिएको छ ।


पछिल्लो पटक असोज १ गते म्याद थप गरिए अनुसार ठेकेदार नरसिङ धामीले उक्त निर्माण कार्य ०७५ कात्तिक १० गते सक्नुपर्ने छ । यो एक महिनामा पनि निर्माण कार्य पुरा नहुनेमा सरोकारवालाहरुको चिन्ता छ ।


बसपार्क निर्माणको ढिलाई कसको कारणले भएको हो ? कसले के समस्या भोग्नु परिरहेको छ ? यसपटकको चौतारीमा हामीले यो विषयलाई स्थान दिएका छौं ।


व्यवसायी–चन्दा कंडेल, वीरेन्द्रनगर २

chandra kadel baypari

बसपार्क समयमै नबन्दा व्यवसायमा एकदमै समस्या भएको छ । सांघुरो, धुलो र हिलोमा हामी व्यवसायीहरु व्यवसाय गर्न बाध्य भएका छौं ।


बसपार्क समयमै नबन्नु त काम गर्नेले समयमै नगरेको र काम गराउने निकाय वीरेन्द्रनगर नगरपालीकाको पनि दोष छ ।


यात्रु –दिपबहादुर शाहि, तिलागुफा नगरपालीका ३ कालीकोट

dipbahadur shahi yatru

म पेशाले शिक्षक हो । घर काठमान्डौंमा र जागीर कालीकोटमा भएकोले मैले धेरै पटक यो क्षेत्रमा यात्रा गर्नुपर्छ । बसपार्क समयमै नबन्दा एकदमै समस्या भएको छ ।


सांघुरो छ । चालकहरु यात्रुलाई तानातान गर्छन् । धुलो धुँवामा यात्रुहरु यात्रागर्न बाध्य भएका छन् ।


बसपार्क निर्माणमा ढिलाई हुनुाम सरकार र सरोकारवाला निकाय दुबैको दोष देख्छु । अहिले सम्म पनि दलाली पारा छ नेपालमा । कालोबजारीले सुर्खेतको बसपार्कलाई पनि अछुतो छैन ।


कामको जिम्मा दिने निकाय पनि कानमा तेल हालेर बसेको छ । काम गर्ने निकाय पनि गैर जिम्मेवार भएकोले यात्रुहरुले सास्ती भोग्नु परेको छ । समयमै यो सुर्खेत बसपार्क बनोस् ।


यसमा कर्णाली प्रदेश सकारको पनि ध्यान जानु पर्दछ । राजधानीको बसपार्क नै यस्तो हालतमा छ भने अन्य जिल्लाको हालत सहज अनुमान गर्न सकिन्छ ।


यात्रु –भावना वि.क, भेरीगंगा नगरपालीका १० छिन्चु

bhabana b.k yatru

तिन वर्ष भयो । बसपार्क समयमै नबन्दा हामी यात्रुहरुलाई एकदमै समस्या भएको छ । हिलो, धुलो र चालकहरुको तानातानमा यात्रुहरु परका छन् । कामचलाउ बसापार्क एकदमै सांघुरो छ ।


बसपार्क समयमै नबन्नुमा ठेकेदारको कमजोरी मैले देखेकी छु । काम गर्ने जिम्मेवारी लिइसकेपछि काम गर्नु उसको जिम्मेवारी हो । अर्को कुरा काम गराउने वीरेन्द्रनगर नगरपालीका को पनि कमजोरी हो ।


काम नगर्नेको ठेक्का तोडेर अर्को ठेकेदारलाई काम दिन सक्नुपर्ने हो र कारवाहि गर्नुपर्ने हो ।


रामप्रसाद पौडेल –देउती नागरिक प्रँलीका व्यावसायी (चालक समेत)

ramparsad paudel  driver and malik dautinagarik prali - Copy

बसपार्क समयमा नबन्दा चालक तथा व्यवसायीहरु मर्कामा परेका छन् । गाडि पार्कीङ्ग गर्ने ठाउँ छैन । हिलो, धुलोको कुरै नगरौैं । सांघुरो भएका कारण व्यवसायीहरु बिच पनि झगडा हुने गरेको छ ।


झन् हामीजस्ता साना व्यावसायीहरुका लागी त ठुलो समस्या भएको छ । ठुला बस व्यावसायी समितीहरु अगाडि छन् । उनीहरुको गाडि भरिएपछि मात्रै हाम्रो प्रालीमा यात्रु आउने गर्दछन् ।


बसपार्क समयमा नबन्नु वीरेन्द्रनगर नगरपालीकाको नै दोष हो । ठेकेदारलाई काम गराउन सकेन ।


के कारणले हो, उनीहरुले ठेकेदारलाइ समयमै काम सक्न दबाव दिन सकेका छैनन् ।


चालक –केशबबहादुर खत्री, वीरेन्द्रनगर नगरपालीका ३ सुर्खेत

keshav khatri

बसपार्क नबन्दा चालकहरु नै बढि मारमा परेका छन् । कतीबेला दुर्घटना हुनेहो जस्तो सांघुरो बसपार्क छ । हिलो र धुलोको सामना गर्नुपरेको छ । यात्रु झर्दा पनी उत्तीकै समस्या भएको छ ।


बसपार्क नबन्नुमा निर्माणको जिम्मा लिने व्यक्ति र काम गराउने निकायको दुबैको कमजोरी हो ।


काम समयमै सक्नको लागि बारम्बार भन्ने र नमाने कार्रवाहि गर्न सक्नुपर्ने हो ।


पवन श्रेष्ठ– मध्यपश्चिम यातायात व्यवसायी संघ, कर्मचारी

paban shretha midwistern yatayat  baybasaahi samiti - Copy

व्यवसायीहरुलाई ठुलो समस्या भएको छ । सानो ठाउँ छ । करिब १० वटा भन्दा धेरै व्यवसायी समितीहरु छन् । यहाँ एउटै समिती राम्रो संग चलाउन मिल्ने ठाउँ छैन । जसले गर्दा बसपार्क भित्रै कत्ति दुर्घटना भएका छन् ।


गाडि पार्कीङ्गको समस्या उस्तै छ । यात्रु तानातान गर्ने क्रममा व्यवसायीबिच झगडा हुने जस्ता थुप्रै समस्याहरु रहेका छन् । र बन्न लागेको बसपार्क समेत सानो छ । यसमा कर्णाली प्रदेश सकारको ध्यान जानु जरुरी छ ।


समयमै बसपार्क नबन्नु त सरोकारवाला निकायकै दोष देखेको छु । वीरेन्द्रनगर नगरपालीकाले बसपार्कको जिम्मा लिएको छ । निर्माणको जिम्मा दिएको व्यक्तिलाई काम गराउन नसक्नु उसको गल्ति हो ।


धर्मराज गीरी–सह ईन्चार्ज, कांक्रेविहार बस व्यवसाय समिती

dharmaraj giri kakrebihar bus bebasaya samiti

जताततै फोहोरै फोहोर छ । सांघुरो, हिलो, धुलो उस्तै । यात्रुहरु तानातानको मारमा परेका छन् ।


कतिबेला दुर्घटना हुन्छ भन्ने डर, व्यवसायीबिच झगडा हुने उत्तिकै सम्भावना । यो सबै समयमै बसपार्क नबन्दाको समस्या हो ।


ठेकेदार तथा वीरेन्द्रनगनर नगरपालीका नै यसको पुर्ण जिम्मेवार छन् । हामीहरुलाई त दशैं अगाडि नै बसपार्क बनेको भए सहज हुनेथियो तर बन्ने अवस्था छैन ।


बिशाल अधिकारी– सिभिल ईन्जिनियर, वीरेन्द्रनगर नगरपालीका

bishal adhikari  engeenair

केहि हदसम्म ठेकेदारको लापर्रवाहि हो । तर यसमा वीरेन्द्रनगर नगरपालीकाको केहि दोष छैन । र अर्कोकुरा नेपाल सरकारले गिट्टिबालुवा ओसार पसारमा रोक लगायो त्यसको प्रभाव पनि परेको छ । अझै खुलेको छैन ।


अर्को कुरा सुर्खेतमा क्रशर उद्योगको कमी छ । संगसंगै रत्नराजमार्ग पनि निर्माणको काम अगाडी बढेको हुनाले हामीलाई काम गर्न समस्या भएको हो । वर्षाको पानीले पनि हामीहरुलाई समस्यामा पारेको हो ।


हामीहरुले ठेकेदारलाई काम लगाईरहेको छौं । अबको एकमहिना भित्रमा सुर्खेत बसपार्क सञ्चालनमा आउंछ ।


देवकुमार सुवेदी– प्रमुख, वीरेन्द्रनगर नगरपालीका

devkumar subedi

वसपार्क निर्माणमा ढिलाई हुनुमा विभिन्न कारण छन् । वर्षाको पानी, हिलो र टेन्डरको प्रक्रिया लामो हुनेभएकोले बसपार्क निर्माणमा समस्या आएको हो ।


ठेकेदारको लापर्रवाहिले पनि यो कार्य समयमै सम्पन्न नभएको हो । ठेक्का तोड्न पनि नमिल्ने भएकोले उसैलाई नै काम गराएका छौं ।


अबको एकडेढ महिनामा सुर्खेत बसपार्क निर्माण कार्य सम्पन्न हुन्छ ।


जनताले हामीलाई दोष लाईरहेका छन्, यो विल्कुल गलत हो । हामीहरुले पटक पटक ठेकेदारलाई बोलाएर स्पष्टिकरण समेत मागेका छौं ।


उसंगको ठेक्का तोड्दा नगरपालीकालाई नै घाटा हुने भएकोले पटक पटक म्याद थपगरी काम करिब ८० प्रतीशत सम्पन्न भएको छ । अब छिटै सुर्खेत बसपार्क सम्पन्न हुन्छ ।

 

मोतीप्रसाद कंडेल अध्यक्ष वीरेन्द्रनगर नगरपालीका ६

motiparsad kadel. bnn 6

सुर्खेत बसपार्क समयमै बनेको भए फोहोरमैला तथा शौचालयको समेत समस्या हुने थिएन । असुरक्षा बढेको छ । झगडा तथा यात्रु तानातानको स्थिती सीर्जना भएको छ । हिलो धुलो को समस्या भएको मैले पाएको छु ।


बसपार्क समयमै नबन्नु त ठेकेदारकै कमजोरी हो । हामीहरुले ठेकेदारलाई पटकपटक बोलाई काम गर्ने वातावरण मिलाएका छौं । अब छिटै बसपार्क निर्माण कार्य सम्पन्न हुन्छ । ढिलोको पुस महिनासम्ममा बसपार्क सम्पन्न हुन्छ ।


ठेकेदार नरसिङ धामी सम्पर्कमा आएनन् ।

२०७५ असोज १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्