Hilsa Yatayat

जुम्लामा अझै हटेन स्टेचरको विकल्प, दिउँसै बन्द हुन्छन् दुर्गमका स्वास्थ्य चौकी

शुभाकर विश्वकर्मा /जुम्ला
जुम्लामा अझै हटेन स्टेचरको विकल्प, दिउँसै बन्द हुन्छन् दुर्गमका स्वास्थ्य चौकी

१६ असोज । हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस विरामी पर्दा स्टेचर प्रयोगको विकल्प हटेको छैन ।


यहाँका अधिकांश नागरिक विरामी पर्दा स्टेचरमा नै बोकेर स्वास्थ्य सस्था पुर्‍याइन्छ । यसका कारण भौगोलिक रुपमा विकट वस्तिका स्थानियले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् ।


यसै त ग्रामिण क्षेत्रमा स्वास्थ्यकर्मी कार्यालय समय सम्म स्वास्थ्य चौकीमा भेटीदैनन् । ४ ५ घण्टाको पैदल हिडेर स्वास्थ्य संस्था पुग्दा समेत उपचार नपाएको बेलाबेलामा गुनासो आउने गरेको छ ।


केहि समय अघि पातारासी गाउँपालिका तल्लो लोर्प गाउँका कन्न बोहोराकी छोरी विरामी परिन्, उनले छोरी विरामी पर्दा एम्बुलेन्स नपाएपछि स्टेचर मै स्वास्थ्य चौकी उर्थमा पुर्‍याए । दुई दिन सम्म उपचार गरेर हिलाम्मे बाटो छिचोल्दै घर ल्याइयो ।


स्थानिय तहले करोडौं खर्च गरेर डोजर लगाएर बाटो खनेपनि स्टेचरको विकल्प नहटेको पातारासीवासीको गुनासो छ ।


अर्का स्थानिय पुर्ण बहादुर बुढाले एम्बुलेन्सले स्थानियको समस्या टार्न नसकिरहेको बताए । ‘मान्छे विरामी पर्दा गाउँका युवा गुहार्नु पर्छ । कोहि पढ्न जिल्ला बाहिर गएका छन् । कोहि विदेश गएका छन् । युवा पाउनै मुस्किल छ ।’ उनले भने ।


पातारासी गाउँपालिकालाई भारतिय दुतावासले एउटा एम्बुलेन्स सहयोग स्वरुप दिएको छ । तर अहिले एम्बुलेन्स प्रयोग विहिन अवस्थामा रहेको छ ।


विरामी मात्रै होईन, दैनिक उपभोग्य बस्तु आयात गर्न पनि खच्चर प्रयोग गर्ने यहाँका नागरिकको नियती नै बनेको छ ।


दिउँसै बन्द हुन्छन् दुर्गमका स्वास्थ्य चौकी

सरकारी कार्यालय १० देखी ५ वजे सम्म खोल्ने अनिवार्य नियम हो, तर जुम्लाको हकमा त्यो लागु छैन् ।


दिउसै स्वास्थ्य सस्था बन्द हुने यहाँको परम्परा जस्तै छ । तिला गाउँपालिका ५ मा रहेको सामुदायिक संस्था केन्द्र कहिल्यै पनि कार्यालय समय सम्म नखुल्ने ढिमकोटका स्थानिय गोर्ख शाहि बताउँछन् ।


कार्यालयमा एक जना मात्र कर्मचारी रहेको र ति पनि मन लागे कार्यालयमा आउने र अरु बेला नआउने गरेको शाहिको भनाई छ ।


‘सामुदायिक सस्था केन्द्रमा पुग्दा पनि कार्यालय बन्द थियो । नजिकैका स्थानियलाई सोध्दा कुडारी बजारमा बस्ने गरेको जानकारी पाएँ’ उनले भने ।


सदरमुकाममा रहेका स्वास्थ्य सस्थाको पनि हालत उस्तै छ । यस्तै चन्दननाथ नगरपालिकाको वडा नम्बर ८ मा रहेको स्वास्थ्य चौकी पनि १ वजे पछि दैनिक बन्द हुने गरेको स्थानिय सम्राट परियारले बताए ।


उनले भने ‘उपचारको लागि सित्तिमिति कर्मचारी नै भेटिदैनन् । भेटिहालेमा कहिले औषधी अभाव, अहिले सम्बन्धित मान्छे छैन भन्छन् ।’

२०७५ असोज १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्