Hilsa Yatayat

कर्णालीमा कोहि नागरिक भूमिहिन हुनेछैन–ज्वाला

सेरोफेरो/सुर्खेत
कर्णालीमा कोहि नागरिक भूमिहिन हुनेछैन–ज्वाला

१८ असोज । कर्णाली प्रदेश सरकारका आर्थीक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशमा कोहिपनि नागरिक भूमिहिन हुन नपर्ने बताएका छन् ।


भूमि अधिकार मञ्च सुर्खेतको चौथो सम्मेलनमा बुधबार मन्त्री ज्वालाले भने ‘जग्गा जसले जोत्छ त्यसमा उसैको स्वामित्व हुनुपर्छ । कर्णाली प्रदेशमा कुनैपनि नागरिक अब भूमिहिन हुनुपर्ने छैन ।’

4
भूमिहिनको अधिकारको लागी कर्णाली प्रेदश सरकार सकारात्मक भएको भन्दै उनले जग्गा ओगट्ने र बाँझो छोड्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने भनाई राखे ।


वीरेन्द्रनगर १० ईत्रामखोला किनारमा बिगत १७ वर्षदेखी स्थायी रुपमा बस्दै आएकी ५५ वषीर्य कलावती सुनारले राज्यले भूमिहिनका लागी केहिपनि गर्न नसकेको बताइन् ।

 

कलावतीले ऐलानी जग्गामा राज्यले बेच्नेको नाममा पुर्जा बनाइदिंदा वास्तविक भूमिहिन ओझेलमा परेको दुखेसो पोखिन् ।


भनिन् ‘बस्ती बसेको २० औं वर्षसम्म ऐलानी जग्गाको किनबेच चलीरहेको अबस्थामा बास्तबिक भुमीहिनले पुर्जा पाएका छैनन् ।’

1
त्यस्तै गुर्भाकोट नगरपालीका ४ का बिरबहादुर सिंहले पनि १२ वर्षदेखी ऐलानी जग्गामा बस्दै आएको र अहिले सम्म लालपुर्जा नपाएको गुनासो गरे ।


उनी भन्छन् ‘मेरो जाजरकोटको जग्गाले खान नपुग्ने भएपछि म सुर्खेत झरेको हुँ । सुर्खेतमा भएको दुईचार रोपनी ऐलानी जग्गाले मलाई खान पुगेको छ तर म मालिक बन्न पाएको छैन ।’

2
राष्ट्रिय भूमि अधिकार मञ्च कर्णाली प्रदेशका अध्यक्ष राजेन्द्र शर्माले वास्तविक भूमिहिनको पहिचान गरी तत्काल भूमिहिनलाई जग्गा उपलब्ध गराउनुपर्ने बताए ।


राज्यले भूमिहिनहरुलाई उपेक्षा गरेको उनको बुझाई छ । न वास्तविक भूमिहिन पहिचान गर्न सकेको छ । न त भुमि नै उपलब्ध गराउन सकेको छ ।’


हलो जोत्ने भुमीहिनले कहिल्यै अधिकार नपाएको गुनासो शर्माले गरे । सम्मेलनले आजै जिल्लामा नयां कार्यसमितीको चयन समेत गर्नेछ ।

3

5

२०७५ असोज १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्