Hilsa Yatayat

प्रदेश सरकारको संरचना नहुँदा विकासमा बाधा

सेरोफेरो/सुर्खेत
प्रदेश सरकारको संरचना नहुँदा विकासमा बाधा

२१ असोज । कर्णाली प्रदेश सरकारका आर्थीक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारको स्पष्ट संरचना नहुँदा विकासमा बाधा भएको बताएका छन् ।


आईतबार मन्त्रालयले आयोजना गरेको कार्य प्रगति तथा भावि योजना सम्बन्धी पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।


भने ‘संघिय सरकारको स्पष्ट योजना नहुँदा हामीले अहिले सम्म पनि विकास बजेट खर्च गर्न सकेका छैनौं  । झन्डै आधा कर्मचारी नहुनु, प्रदेश सरकारमा संरचना नहुनु नै बजेट कार्यान्वयनको बाधक हो ।’


उनका अनुसार ४७ कर्मचारीको दरबन्दि भएकोमा मन्त्रालयमा हाल २१ कर्मचारी मात्र छन् ।


कार्यपत्रमा मन्त्रालयले गरेका कामहरु र भावी योजनाका बारेमा समेत जानकारी दिईएको थियो । मन्त्रालयले कानुन निर्माणलाई प्राथमिकता दिएको भन्दै मन्त्री ज्वालाले विभिन्न ९ वटा ऐन, कानुन कार्यविधी पारित गरेको बताएका छन् ।


कर्णाली प्रदेश आर्थीक कार्यविधी ऐन, २०७५, कर्णाली प्रदेश कर तथा गैर कर ऐन २०७५, कर्णाली प्रदेश आकस्मिक कोष ऐन २०७५, कर्णाली प्रदेश वित्तिय हस्तान्तरण व्यवस्थापन ऐन २०७५ लगाएत मन्त्रालयले ९ वटा कार्यविधि पारित गरेको छ ।


त्यस्तै काम गर्ने क्रममा अधिकार र कार्यक्षेत्रहरु स्पष्ट नहुँदा प्रदेशलाई अप्ठ्यारो भएको र जनशक्ति अभाव, भौतिक तथा श्रोत साधनको अभाव र संरचनागत अभावमा पनि मन्त्रालय अगाडि बढेको मन्त्री ज्वालाले भनाई थियो ।


बजेट कार्यान्वयनका बाधाहरुलाई हटाउने खालका विकल्प रोजी कर्णाली प्रदेश सरकार विकासका लागी अगाडि बढ्ने मन्त्री ज्वालाले जिकिर गरे ।

२०७५ असोज २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्