Hilsa Yatayat

चार सरकारी कार्यालयका कर्मचारीले दशैंमा पारिश्रमिक पाएनन्

सेरोफेरो/ हुम्ला  

२३ असोज । जिल्लाका चारवटा सरकारी कार्यालयका कर्मचारीहरुले बडा दशैंमा पारिश्रमिक नपाउने भएका छन ।


संघिय सरकारले प्रदेश सरकारलाई बजेट तथा कार्यक्रम नपठाउँदा ती कार्यालयहरुले दशैं अगाडी तलब नपाउने भएका हुन ।


तलब नपाए पछि कर्मचारीहरु ऋण खोजेर दशैं मनाउन घर फर्कने गरेका छन । हुम्ला जिल्लामा सञ्चालित र परिचालित करीब तीन ३ वटा कार्यलयका कर्मचारीहरु र केही गाउँपालिका अन्तर्गतका कर्मचारीहरु रहेका छन ।


सरकारी कार्यालयहरु प्रदेश अन्तर्गत गठित भएकाले पनि त्यहाँ कार्यरत कर्मचारीहरुले तलब खान नपाएको जिल्ला वन कार्यालयका प्रमुख लोगजन शाहीले बताए ।


शाहीका अनुसार कर्मचारीहरुलाई चाडपर्व बिदामा जानका लागी पनि खर्च नभएकाले ऋण खोजेर घर गएको दुखेसो गरे । यस्तो अवस्थाले तिहारमा तलब भत्ता नपाउने विडम्बना आए को शाहीले बताए । 

 

‘के गर्नु हजुर अहिले सम्म कुनै जानकारी र निर्देशन आएको छैन’ उनले भने । हुम्लामा प्रदेश अन्तर्गत स्थापना भएका जिल्ला पशु, जिल्ला कृषि बिज्ञान र जिल्ला खानेपानी लगाएतका कार्यालय रहेका छन ।

२०७५ असोज २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्