Hilsa Yatayat

‘सण्डे क्लव’को छलफल, सुर्खेतलाई कसरी सुरक्षित बनाउने ?

सेरोफेरो/सुर्खेत
 ‘सण्डे क्लव’को छलफल, सुर्खेतलाई कसरी सुरक्षित बनाउने ?

२३ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बलात्कारका घटना न्युनिकरण गरी सुरक्षित सुर्खेत बनाउने सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।


सन्डे क्लव अन्र्तगत क्रियाशिल पत्रकार महिला (डब्लुडब्लु जे) सुर्खेतले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको बलात्कार न्युनिकरणमा सरोकारवालाको भुमिका विषयक कार्यक्रमका सहभागीहरुले सम्पूर्ण सरोकारवाला व्यक्तिहरु हातेमालो गरेर अघि बढेमा घटना न्युनिकरण हुने भन्दै सामुहिक अभियानमा लाग्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख बसन्त रजौरेले सुरक्षित सुर्खेतको अभियानलाई अघि बढाएको बताए । ‘बलात्कारका घटनाप्रति हामी संवेदनशिल छौ’ रजौरेले भने ‘घटना हुन नदिन नागरिकलाई सचेत बनाउनुको साथै विभिन्न कार्यक्रमहरु पनि संचालन गरेका छौ ।’


बलात्कारका पीडकहरुलाई कानुन बमोजिम कारवाही गरेको र केहिको अनुसन्धान कार्य भइरहेको बताउँदै उनले न्याय दिलाउने प्रक्रियामा प्रहरी कुनै आर्थिक प्रलोभनमा नपर्ने र अरुलाई पनि पर्न नदिने बताए । जिल्ला प्रहरी कार्यालयले हालसम्म जिल्लाका दुई सय ७३ स्थानमा सचेतनामुलक कार्यक्रम गरेको पनि रजौरेले जानकारी दिए ।


कानून व्यवसायी, अधिकारकर्मी र पत्रकारको बिचमा भएको छलफलले बलात्कारका मुद्दामा संवेदनशिल हुन, घटना हुन नदिन, घटना पछि प्रमाण संकलन, अनुसन्धान, न्याय दिलाउने, यौन व्यवस्थापन, परामर्श, पीडितको पुर्नस्थापना र कानून कार्यान्वयनमा सरोकारवाला सबैको सामुहिक पहल हुनुपर्ने निश्कर्ष निकालिएको थियो ।

२०७५ असोज २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्