Hilsa Yatayat

कर्णाली झल्काउने एउटा भव्य साँझ (फोटो कथा)

सेरोफेरो/सुर्खेत
कर्णाली झल्काउने एउटा भव्य साँझ (फोटो कथा)

२५ असोज । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधबार शुभकामना साँझको आयोजना गर्‍यो । उक्त साँझमा कर्णाली प्रदेशका मौलिक पहिचान झल्काउने नाच तथा गीतहरु प्रस्तुत गरिएको थियो ।

 

कार्यक्रममा कलाकारहरु भीमबहादुर कार्की, प्रेमदेव गिरी, टिकाराम चपाईं, कुलमान नेपाली, हरिकला कार्की, चन्द्र मन्दिर, कविराम पुरी, सुनिता विसी लगायतले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । 

 

घटस्थापनाको अवसरमा आयोजित उक्त साँझमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभाका सदस्यहरु, प्रदेश सरकारका मन्त्री तथा सांसद, जिल्ला समन्वय समितिका सभापतिलगायतको उपस्थिति रहेको थियो । कला र संस्कृतिको जगेर्ना गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष उत्तम शर्माले जानकारी दिए । 

 

शुभकामना मन्तव्य दिंदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका मौलिक कला र संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकार सबैसंग हातेमालो गर्न तयार रहेको सन्देश दिए ।

 

हेर्नुहोस् उक्त साँझमा सेरोफेरोले खिचेका केही दृश्यहरु ।

12345678910111213141516171819202223242526272829

२०७५ असोज २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्