Hilsa Yatayat

अपराध घटाउन प्रहरीलाई साथ दिऔं : मुख्यमन्त्री शाही

सेरोफेरो/सुर्खेत
अपराध घटाउन प्रहरीलाई साथ दिऔं : मुख्यमन्त्री शाही

२५ असोज । अपराध कम गर्न प्रहरीलाई सबैले साथ दिनुपर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । बिहिबार ६ नं. प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ६३ औं प्रहरी दिवसको अवसरमा शाहीले यस्तो बताएका हुन् ।

 

समाजमा विभिन्न आपाराधिक घटनाहरु बढ्दै गएको र यसको न्यूनीकरणका लागि जनताले प्रहरीलाई साथ दिनुपर्ने उनको धारणा थियो । उनले भने, ‘महिला हिंसा, बलात्कार तथा चोरी डकैतीका घटनाहरु बढ्दै गएका छन् । लागू औषध दुब्र्यसनीका कारण युवा कुलतमा फसेका छन् । यसमा हामी सबै सचेत हुनु जरुरी छ ।’

 

मुलुकमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण भएको भन्दै मुख्यमन्त्री शाहीले अमर प्रहरीप्रति सम्मान समेत व्यक्त गरे । कार्यक्रममा उत्कृष्ट काम गर्ने प्रहरीहरुलाई सम्मान गर्नुका साथै अमर प्रहरीका बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो ।

२०७५ असोज २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्