Hilsa Yatayat

३६५ कलाकारले गाएको गीत गीनिज वल्र्ड रेकर्डमा दर्ता

सेरोफेरो/काठमाडौं
३६५ कलाकारले गाएको गीत गीनिज वल्र्ड रेकर्डमा दर्ता

२५ असोज । विश्वमा सवै भन्दा धेरै कलाकारले एकै पटक गाएको गीत गीनिज बुक अफ वल्र्डमा पर्न सफल भएको छ । वातावरण संरक्षण र प्रर्वद्धन गर्ने उदेश्यले राष्ट्रकवि माधव घिमिरेज्यु संगै ३६५ नेपाली कलाकारहरुले उक्त रेकर्ड राख्न सफल भएका हुन् ।

 

२०७३ जेष्ठ ६ गते सिंहदरवार स्थीत रेडियो नेपालमा प्रधानमन्त्री केपी ओलीबाट उद्घाटन भएको गरियको कार्यक्रम २०७४ मा राष्टपति विधादेखी भण्डारीवाट लोकारपर्ण भएको थियो ।


एक समारोहमा पर्यटन संस्कृती मन्त्री रविन्द्र अधिकारी र वरिष्ट गायक प्रेमध्वज प्रधानको उपस्थीतीमा सम्पुर्ण कलाकारहरु अभिनन्दन गरिएको छ। कार्यक्रममा  कलाकारहरुलाई गीनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र सहित सम्मान गरियको छ ।

 

कर्णालीबाट तीन कलाकारले गीनिज प्रमाणपत्र पाए :


गीनिज बुक अफ वल्र्डले कर्णाली प्रदेशका तीन जना कलाकारलाई प्रमाण पत्र प्रदान गरेको छ । उक्त गीतमा स्वर दिएकी चर्चित कलाकार टिका पुन, गायक शिव संगित र स्मुती शाहीले उक्त प्रमाण पत्र पाएका छन् । गायीका टिका पुनले जिवनमा धेरै गितमा स्वर दिएपनी यो बाट आत्म सन्तुष्टी मिलेको बताएकी छन् ।

 

यसै गरी प्रदेश नं सातकी चर्चित देउडा गायीका पुष्पा बोहोराले समेत गीनिज वल्र्ड रेकर्ड प्रमाणपत्र प्राप्त गरेकी छन् ।

२०७५ असोज २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्