Hilsa Yatayat

प्रदेश सरकारले आवश्यक कर्मचारी भर्ना गर्नुपर्छ : शर्मा

सेरोफेरो/सुर्खेत
प्रदेश सरकारले आवश्यक कर्मचारी भर्ना गर्नुपर्छ : शर्मा

२६ असोज । प्रदेशका मन्त्रालयहरुमा कर्मचारी अपुग भए प्रदेश सरकारले करारमा भर्ना गरेर भएपनि काम अगाडि बढाउनुपर्छ । उक्त भनाई प्रतिनिधि सभा सदस्य एवं नेकपाका कर्णाली प्रदेश इन्चार्ज शर्माको हो ।

 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार आयोजना गरिएको दशैंको शुभकामना आदानप्रदान कार्यक्रमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । शर्माले भने, ‘संघीय सरकारले कर्मचारी नपठाए पनि जनताको काम रोक्न हुँदैन । त्यसका लागि आवश्यक परेमा प्रदेश सरकार आफैले कर्मचारी करारमा राख्नुपर्छ ।’

 

कर्णाली प्रदेशमा आउनुपर्ने कर्मचारी संख्याको ३३ प्रतिशत मात्रै आएको देखिएकोले कर्मचारी सम्बन्धित स्थानमा हाजिर हुन नगए विभागीय कारवाही समेत गर्नुपर्ने उनले बताए । उनले भने, ‘लामो संघर्षपछि देशमा संघीयता आएको भएपनि कर्मचारीको अझै पुनर्संरचना नहुँदा समस्या देखिएको हो । कर्मचारीहरुमा अझै केन्द्रीकृत सोच छ ।’

 

संघले स्थानीय तथा प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्न समेत कञ्जुस्याईं गरेको पनि शर्माले आरोप लगाए । आफू कुनै पनि पक्षको नभई नेकपाको पक्षधर भएको भन्दै शर्माले नेकपाका नेताहरुलाई विधिमा चल्न आग्रह गरे । 

 

कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, डा. पूण्य रेग्मी, डा. कुशेन्द्र महत र डा. गोविन्द बन्दी लगायतको सहभागिता रहेको थियो ।

२०७५ असोज २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्