Hilsa Yatayat

'ईच्छाशक्ति चाहियो, रातारात बन्छ कर्णाली'

सेरोफेरो/सुर्खेत
'ईच्छाशक्ति चाहियो, रातारात बन्छ कर्णाली'

२६ असोज । ईच्छाशक्ति भए कर्णालीलाई छिट्टै बदल्न सकिने सांसद नवराज रावतले बताएका छन् । रावत सुर्खेत क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

 

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । कर्णाली विकासका दृष्टिले असंतृप्त भएकाले यहाँ रातारात विकास हुने पनि उनले बताए । उनले भने, ‘यहाँ विकासको मूल फुटाउन सकिन्छ तर यसका लागि राजनीतिक ईच्छाशक्ति चाहिन्छ ।’

 

रावतले भने, ‘मैले निर्वाचनमा जनतासंग गरेका बाचा पूरा गरेको छु । आगामि जेठ १५ गते आउने बजेटमा पश्चिम सुर्खेतको बाटो संघीय बजेटमा पर्नेछ भनेर बोलेको थिएँ । त्यो पूरा गरेको छु । अर्को कुरा, काँक्रेविहारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बाचा पनि पूरा भएको छ ।’

 

सुर्खेतमा विद्युतीकरणका लागि संघीय संसदमा समेत बोलेको उनले बताए । उनले भने, ‘विद्युत् र सुकुम्बासी तथा बाढीपीडितहरुको समस्या समाधानका लागि समेत पहल गरेको छु ।’ जनताको मुहारमा खुशी ल्याउनुनै दशैंको शुभकामना भएको सांसद रावतले बताए ।

२०७५ असोज २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्