Rara Pharmacy

मध्यपश्चिमको पहिलो मण्टेश्वरीः शिशुको सिकाइ थलो

मध्यपश्चिमको पहिलो मण्टेश्वरीः शिशुको सिकाइ थलो

सीता वली


१० जेठ, सुर्खेत । २०६४ सालमा स्थापना भएको प्रतिक्षा मण्टेश्वरीको सुरुवातमा जम्मा ४ जना विद्यार्थी थिए । ४ महिनासम्म ४ जना विद्यार्थी मात्रै हुँदा पनि प्रतिमा मल्लाहको उत्साह डगमगाएन । समयक्रममा उनले विद्यार्थी र अविभावक दुवैको मन जितिन् । अहिले १३० जना विद्यार्थीसंग सिकाइप्रक्रियामा जोडिएकि छिन् । मध्यपश्चिमकै पहिलो मन्टेश्वरीका रुपमा स्थापित प्रतिक्षा बच्चाको नयाँ सिकाइको थलो बन्यो ।


मण्टेश्वरी र बोर्डीङ स्कुलमा आकाश पातालको फरक लाग्छ प्रतिमालाई । उनका अनुसार बोर्डीङ स्कुललाई मण्टेश्वरीको भाषामा प्राचिन सिकाई र घोकन्ते विद्या भनिन्छ भने व्यवहारिक सिकाइको नमुनाको रुपमा मण्टेश्वरीलाई लिइन्छ । डा Þमालिया मण्टेश्वरीले वालवालिकाको चौतर्फी विकासको लागी मण्टेश्वरी सिद्वान्त प्रतिपादन गरेकी हुन् । काठमाण्डौंमा भने यो सिद्धान्त २०६० सालमा भित्रिएको हो । मण्टेश्वरी विधिले वालवालिकाको मनोविज्ञानमा सकारात्मक प्रभाव पर्छ । यसैगरी खेल्दै सिक्दै गर्ने प्रविधि भएकोले मण्टेश्वरी विधिबाट पढेका विद्यार्थिमा आत्मविश्वास बढि हुने र सिपालु हुने उनले तर्क गरिन् ।


‘मण्टेश्वरी विधिबाट गरिने शिक्षण सिकाइ अहिलेको आवश्कता भएकोले अभिभावकले मण्टेश्वरी विधिलाई फेशनको रुपमा लिएका छन्’ मल्लाहले भनिन् ‘खुद्रा पसल जस्तै उमे्रका मण्टेश्वरीसंग आम अविभावक सावधान रहनुपर्छ ।’ उनले ९ वर्षको शिक्षण अनुभव पछि मण्टेश्वरीमा हात हालेकी हुन ।


बच्चाको ५ इन्द्रियहरुको विकासको लागी मण्टेश्वरी विधिको अत्यन्तै आवश्यक भएकोले विद्यार्थिमा आत्मविश्वास बढाउन, ध्यानको एकाग्रताको लागी पनि मण्टेश्वरी विधिबाट बच्चालाई पढाउनुपर्ने प्रतिमाले बताइन् । भविष्यमा प्रतिक्षा मण्टेश्वरीबाट उत्पादन बच्चाहरुलाई देश चलाउन सक्ने जनशक्ति बनाउने र यसको लागी निरन्तर रुपमा लाग्ने उनको सोच छ ।


प्राय सम्पन्न परिवार र जागीरे परिवारका बच्चा मण्टेश्वरीमा पढ्न आउने गर्छन् । बच्चालाई घरमै लिन र छोड्न जाने आफनै गाडी भएकोले अविभावकलाई समस्या छैन । तर आफ्नै भवन नभएकोले योजना अनुरुपका घरहरु भाडामा पाइदैनन् । तथापी सकेसम्म राम्रो व्यवस्था गर्ने प्रयास गरेको छ प्रतिक्षाले जनाएको छ । पढाईको अलावा अतिरिक्त क्रियाकलाप गराइने, आँफुभन्दा ठुलालाई मात्र नभएर सानालाई पनि आदर गर्ने लगाएतका नैतिक शिक्षा पनि सिकाइन्छ प्रतिक्षामा ।


बच्चाको भविष्यको निम्ति समग्र सिकाइ, वातावरण र व्यवस्थापन राम्रो भएको मण्टेश्वरीलाई अविभावकहरुले छनोट गर्छन् । दीपारानी ढकालले पनि आफ्नो छोरी तमन्नालाइ प्रतिक्षामै अध्ययन गराउने निर्णय गरिन् । मध्यपश्चिमकै पहिलो मण्टेश्वरी भएको र सबैभन्दा राम्रो भएकोले प्रतिक्षालाईनै चुनेको बताइन् । मण्टेश्वरी गएदेखि छोरी अनुशासित भएको र व्यवहार सभ्य हुदै गएको उनको अनुभव छ ।


यस्तै अर्का बच्चा दिपंकर खड्काका अभिभावक सुदिप खड्का भन्छन् ‘बच्चालाई राम्रो वातावरणमा पढाउने, अनुशासित बनाउने, अतिरिक्त क्रियाकलापमा बढि जोड दिने र वालमनोविज्ञानलाई समेत बुझेर पढाउने भएकोले प्रतिक्षा रोजेको हुँ ।’


मण्टेश्वरीहरु बच्चाको उज्जवल भबिष्यको लागी प्रतिक्षा राम्रो थलो भएको समेत उनले बताए । दुइ देखि आठ वर्ष सम्मका विद्यार्थीहरु अध्ययन गरिरहेको प्रतिक्षामा कक्षा दुइ कक्षासम्म पढाइ हुन्छ । वीरेन्द्रनगरको एरीचोक र न्युरोडमा सञ्चालित प्रतिक्षा शिशुको घर पछिको सिकाइ केन्द्र बनेको छ ।

२०७४ जेठ १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्