Rara Pharmacy

कर्णालीका युवाले के सिके अमेरिकाबाट ?

हरि उपाध्याय
कर्णालीका युवाले के सिके अमेरिकाबाट ?

११ मंसिर । कर्णाली प्रदेशका सक्रिय युवा हरि उपाध्यायले संयुक्त राज्य अमेरिका सरकार ‘डिपार्टमेन्ट अफ स्टेट्स्’द्वारा आयोजित ३५ दिने कार्यक्रममा सहभागी भएर फर्किएका छन् । दैलेख घर भई सुर्खेतमा सक्रिय उपाध्यायले पत्रकार भेटघाट र सामाजिक सञ्जालबाट नेपाली युवाहरुलाई केही महत्वपुर्ण सिकाई तथा अनुभवहरु बाँडेका छन् ।

 

१. एक युवा भएको नाताले हामी हरेक युवाले हाम्रो सपना विदेश गएरमात्र पूरा हुन्छ भन्ने कुरा सोच्न छोड्नु पर्छ । फेसबुकमा, फिल्महरुमा या पोस्टरमा देखेको रंगिन विदेश र काम नपाएर तड्पिएको, घरको यादले एक्लै रोएको विदेश, परिवार, समाज र आत्मियता बाट टाढा हुनुको बाध्यताको वास्तविक विदेशमा धेरै फरक छ । दक्षता, सीप र मेहेनत लाई आफ्नै देशमा प्रयोग गरे हामीले देखेको सपनाको विदेश आफ्नै घर हुन सक्दछ ।


२. एक समाजिक कार्यकर्ता भएको नाताले हरेक सामाजिक संस्था र सामाजिक अभियन्ताहरुले दिगो विकासका लागि तीनै तहको सरकारको सहकार्यमा एकीकृत योजना निर्माण र कार्यान्वयनमा भुमिका खेल्नु पर्छ । साथै हरेक जनतामा म नै सरकार हो भन्ने भवनाको विकास गराउन भुमिका खेल्न जरुरी छ ।


३. एक जिम्मेवार नागरिकका हैसिएतले सरकारले विकास योजना र नितिहरु बनाउँदा हाम्रो धार्मिक तथा सांस्कृतिक इतिहास, भौगोलिक तथा जैविक विविधता, प्राकृतिक स्रोत साधन र ऐतिहासिक पृष्ठभुमीलाई ध्यानमा राखी सान्दर्भिक विकासको मोडललाई आत्मसाथ गर्न जरुरी छ । अनिमात्र हामी सुखी र खुसी हुन सक्छौं र बिस्वलाई आफ्नो अस्तित्वले चिनाउन सक्छौं ।

२०७५ मंसिर ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्