Rara Pharmacy

१० क्याम्पस प्रमुखलाई उपकुलपतिको १० बुँदे निर्देशन

सेरोफेरो
१० क्याम्पस प्रमुखलाई उपकुलपतिको १० बुँदे निर्देशन

१३ मंसीर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्र कुमार कोइरालाले आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरुलाई आवश्यक निर्देशन दिएका छन् । बिहिबार बिहान वीरेन्द्रनगरमा भेला भएका १० क्याम्पसका प्रमुखहरुलाई विश्वविद्यालयको हितमा काम गर्न उनले निर्देशन दिएका हुन् ।


विश्वविद्यालय सभाले भदौ ११ देखि लागू हुनेगरी आंगिक क्याम्पस सञ्चालन सम्बन्धी गरेको निर्णय पूर्ण कार्यान्वयन गर्न नसक्दा आफूलाई पीडा भएको कोइरालाले बताए । उनले भने, 'विश्वविद्यालयको खातामा पैसा जम्मा भएपनि शिक्षक कर्मचारीले तलब भत्ता खान नपाएको कुरामा म गम्भीर छु ।'


निर्देशनहरु
१ तपाईंहरुनै आफ्नो क्याम्पसको भिसी हो विश्वविद्यालयलाई विधिमा सञ्चालन गर्नुहोस् ।
२ लोकतन्त्रमा राजनीतिक आस्था हुनु स्वाभाविक भएपनि पार्टीको झण्डा बोकेर क्याम्पसको काम नगर्नुस् ।
३ सभाको निर्णयको अवमूल्यन हुनेगरी क्याम्पस प्रमुखहरुको नियुक्तिपश्चात् पनि व्यवस्थापन समिति मातहत काम गर्नु भनी गरिएको परिपत्र आधिकारिक होइन । भ्रममा नपर्नुहोस् ।
४ ऐन नियम बमोजिम उपकुलपतिप्रति जवाफदेही बन्नुहोस् ।
५ जे पनि गर्न मिल्छ भन्ने सोच त्याग्नुस् । परिपक्वता प्रदर्शन गर्नुहोस् ।
६ शिक्षक कर्मचारीको नियुक्ति सम्बन्धमा सभाले उपकुलपतिलाई सम्पूर्ण जिम्मेवारी दिएकाले सबैको कागजात हेरेर मात्र नियुक्ति दिइन्छ । सबै प्रमाण उपकुलपतिकहाँ पठाउनुहोस् ।
७ म तपाईंहरुको पक्षमा छु । तपाईंहरु विश्वविद्यालयको पक्षमा लाग्नुहोस् ।
८ पठनपाठन नियमित गर्नुहोस् । विद्यार्थीको भविष्यबारे चिन्तित बन्नुहोस् ।
९ प्राज्ञिक सवालमा डीन र आर्थिक विषयमा रजिष्ट्रारलाई लेख्नुहोस् । पत्राचार गर्दा उपकुलपतिलाई अवगतार्थ लेख्नुहोस् ।
१० तपाईंहरु जिम्मेवार व्यक्ति भएकोले हरेक काममा समन्वय गर्नुहोस् ।

 

२०७५ मंसीर १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्