Rara Pharmacy

यी हुन् ७ प्रदेश हाँक्ने नेकपाका नेता (सूचीसहित)

सेरोफेरो
यी हुन् ७ प्रदेश हाँक्ने नेकपाका नेता (सूचीसहित)

१७ मंसिर । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ । पार्टीका दुई अध्यक्षको राय लिएर महासचिव विष्णु पौडेलले केही नाम थपघट गरेर अन्तिम नामावली सोमबार प्रकाशित गरेका हुन् ।

 

नयाँ निर्माण गरिएका कमिटिहरुमा पूर्व एमाले र पूर्व माओवादी केन्द्रका नेताहरु सम्मिलित छन् । जस अनुसार प्रदेश १ मा एमालेका १२२ र माओवादी केन्द्रका ८५ गरी जम्मा २०७ सदस्य छन् ।

 

प्रदेश २ मा एमाले र माओवादीबाट समान संख्यामा नेताहरूलाई कमिटीमा राखिएको छ । कर्णाली प्रदेशमा माओवादीको बहुमत छ भने अन्य पाँच प्रदेश कमिटीमा एमालेको बहुमत छ । गण्डकी प्रदेश कमिटी १ सय ८७ सदस्यीय बनाइएको छ। जसमा एमालेका १ सय २ र माओवादी केन्द्रका ८५ सदस्य मनोनित भएका छन्।

 

त्यस्तै, प्रदेश २ मा २१५ सदस्यीय कमिटी बनेको छ। जसमा नेकपा एमाले र माओवादीका समान १०६ जना राखिएको छ। ३ जना भने पार्टी एकता पश्चात प्रवेश गरेकालाई प्रदेश कमिटीमा राखिएको छ। प्रदेश ३ मा २१७ सदस्यीय कमिटी बनेको छ। जसमा नेकपा एमालेका ११६ र माओवादी केन्द्रका १ सय १ जना कमिटीमा परेका छन्।

 

प्रदेश ५ मा २ सय ३ सदस्यीय कमिटी गठन भएको छ। जसमा साविक एमालेका १ सय ६ र नेकपा माओवादी केन्द्रको ९७ सदस्य रहेका छन्। कर्णाली प्रदेश कमिटी १७५ सदस्यीय बनेको छ। एमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना सदस्य समावेश गरिएको छ। अन्य प्रदेशको तुलनामा कर्णालीमा एक जना बढी रहेका छन् ।

 

त्यस्तै १८३ सदस्यीय सुदूरपश्चिम कमिटीमा एमालेबाट १०० जना र माओवादी केन्द्रबाट ८३ जना लाई कमिटीमा रहेका छन् ।

 

सूची हेर्नुहोस् :

२०७५ मंसिर १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्