Rara Pharmacy

यस्तो छ गोपीको 'तेरो आफ्नो' गीत..

सेरोफेरो
यस्तो छ गोपीको 'तेरो आफ्नो' गीत..

१७ पुस । विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्त अभिनित गोपी सिनेमाको नयाँ गीत सार्वजनिक गरिएको छ।

गोपीको 'तेरो आफ्नो' बोलको गीत एक कार्यक्रमकाबीच सोमबार सार्वजनिक गरिएको हो । गीतमा विप्लप प्रतिकको शब्द, कल्याण सिंहको संगीत र शिव परियारको स्वर छ ।

माघ १८ बाट रिलिज हुने सिनेमालाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

कार्यक्रममा बोल्दै निर्देशक लामाले आफ्नो टिमले सिनेमालाई उत्कृष्ट बनाउनमा कुनै कसुर बाँकी नराखेको बताए । श्रीधर पौडेल कार्यकारी निर्माता रहेको सिनेमालाई आरोही इन्टरटेनमेन्टको ब्यानरमा आरोही केसीले निर्माण गरेकी हुन् ।

‘गोपीमा विपिन, सुरक्षा र  वर्षाका अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरे, कुन्ति सिमली, हिउँवाला गौतम, रमेश अधिकारी, सरोज अर्याल, केशव राई, कमलमणी नेपाल, अपुर्व गौतम लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

निर्देशक दीपेन्द्र लामाको लेखनमा सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, रवि न्यौपानेको छायांकन, शैलेन्द्र डि कार्कीको डिओपी, गोविन्द राईको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

 

भिडियो हेर्नुहोस् :

२०७५ पुस १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्