Rara Pharmacy

कर्णालीबाटै श्रम स्वीकृति : सेवाग्राही भन्छन्–‘संघीयता महसुस भयो’

सीता वली /सुर्खेत
कर्णालीबाटै श्रम स्वीकृति : सेवाग्राही भन्छन्–‘संघीयता महसुस भयो’

६ माघ । लेकबेशी नगरपालीका ६ कल्याणका ललीत गाहा बैदेशिक रोजगारीमा जान थालेको धेरै भयो । उनी यसपटक पनि घर बिदामा आएका हुन् । १८ वर्षको उमेरदेखी साउदी जाने गरेका गाहालाई पुनः साउदी जानको लागि कागजी प्रक्रिया पु¥याउन काठमाण्डौं धाउनु भने यसपटक परेन । 

 

श्रम तथा रोजगार कार्यालय सुर्खेतमै स्थापना भएपछि कर्णाली प्रदेशबाट बैदेशिक रोजगारीमा जाने युवाहरुलाई श्रम स्वीकृतिको लागि अब काठमान्डौं जानैपर्ने बाध्यता हटेको छ ।


आईतबार श्रम तथा रोजगार कार्यालय सुर्खेतले पुनः श्रम स्वीकृतिको शुभारम्भ कार्यक्रमको आयोजना गरेको थियो । सोहि कार्यक्रममा गाहा कर्णाली प्रदेशकै पहिलो पुनः बैदेशिक श्रम स्वीकृति गराउने व्यक्तिमा परे ।


उनले भने ‘बल्ल संघियताको महशुष भएको छ । बिगतमा काठमान्डौंमा श्रम स्वीकृतिको लागि जांदा बिचौलियालाई मात्रै थुप्रै पैसा दिनुपर्ने र आउंदा जांदाको भाडा र खान, बस्नमा समेत धेरै पैसा खर्च हुन्थ्यो । अब आफ्नै राजधानीबाट श्रम स्वीकृति लिन पाउंदा पैसाको बचत भएको छ ।’


श्रम तथा रोजगार कार्यालय सुर्खेतमा नयां श्रम स्वीकृतिको काम सुरु हुन केहि समय लाग्ने तर पुनः श्रम स्वीकृतिको काम भने आजैबाट शुरु भएको कार्यालयका प्रमुख श्यामकृष्ण आचार्यले बताए ।


उनले भने ‘पुनः श्रम स्वीकृतिको काम मात्रै हामीले कार्यालयमा आजैका मितीबाट गर्नेछौं । नयां श्रम स्वीकृतिको काम बिस्तारै शुभारम्भ हुनेछ ।’ पुनः श्रम स्वीकृतिको लागि बिमा तथा कल्याणकारी कोषको १५ सय बाहेक कुनै रकम नलाग्ने पनि आचार्यले जानकारी दिए ।


उनले थपे ‘पछिल्लो समय विभिन्न रोजगारीमा जाने क्रममा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु ठगिने गरेका छन् । त्यसको लागी कार्यालयको वयवसाईट www.dofe.gov.np मा गएर सम्पुर्ण कुराको जानकारी प्राप्त गरी ठगीन बाट बच्न सकिने छ ।’


उक्त वयवसाइटमा आफ्नो श्रम स्वीकृति भए नभएको जानकारी, आफू रोजगारीका लागि जानलागेको, कम्पनीले कामको आब्हान गरे नगरेको र पठाउन लागेको मेनपावर कम्पनीले पनि आव्हान गरेको कामको सत्यता बारे जानकारी प्राप्त गर्न सकिने कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार पुनः श्रम स्विकृतीका लागि अनलाइन फर्म पनि भर्न सकिने छ ।


त्यस्तै कार्यक्रममा बोल्दै सामाजीक विकास मन्त्री दल रावलले कर्णालीका जनतालाई बल्ल संघियताको आभाष भएको बताएका छन् । उनले भने ‘यहांका धेरै युवाहरु बैदेशिक रोजगारमा गएका छन् । त्यसको लागि श्रम स्वीकृति लिन काठमाण्डौं धाउनुपर्ने बाध्यता हराएको छ ।’


कर्णालीबाट बैदेशिक रोजगारीमा जाने युवाहरुका लागि राम्रो सीप सिकाएर पठाउने र विदेशबाट फर्केपछि प्रदेशमै केहि उद्यम गर्नका प्रेरित गर्नुपर्नै मन्त्री रावलले बताए ।

 

कर्णाली प्रदेश सरकारले श्रम सम्बन्धि कार्यबिधीको तयारी समेत गरेको मन्त्री रावलले जानकारी दिए ।

२०७५ माघ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्