Rara Pharmacy

विद्यालयमा पशु स्वास्थ्य क्लिनिक

सिता वली/सुर्खेत
विद्यालयमा पशु स्वास्थ्य क्लिनिक

१० माघ । सुर्खेतको एक सामुदायिक विद्यालयले पशु स्वास्थ्य क्लिनिक सञ्चालन गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खैतको वीरेन्द्रनगर ११ धुलियाविटमा रहेको शिब माध्यमिक विद्यालयले पशु स्वास्थ्य क्लिनिक संचालन गरेको हो । १८ महिने पशुविज्ञान विषयमा अध्यापन गराइरहेको शिव माविले विद्यार्थीहरुको शिक्षण सिकाईमा सहजताका लागि र गाउँका कृषकलाई सस्तो र सुलभमा सेवा दिनका लागि पशु स्वास्थ्य क्लिनिक संचालनमा ल्याएको विद्यालयका प्रध्यानाध्यापक पुर्णप्रसाद पौडेलले बताए ।


उनले भने ‘विद्यालयले व्यवहारिक शिक्षा प्रदान गर्ने उदेश्यले यो क्लिनिक सञ्चालनमा ल्याएको हो । विद्यार्थीहको पढाईमा पनि सहयोग पुग्ने र अभिभाकहरुलाई पनि सेवा दिने उद्देश्यले पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएका हौं ।’ हामीले यसका लागि पशु डाक्टर पनि व्यवस्था गरेका छौँ । उनले थपे‘ अब कृषकहरुलाई लाई टाढा जानुपर्ने बाध्यता हट्नेछ । र विद्यालयले पनि व्यवहारिक शिक्षा प्रदान गर्ने मौका पाउनेछ । ’अब विद्यालयले छिट्टै गाई फर्म लगायतका पशुपालन फर्महरु संचालनको तयारीमा लागेको बताउंदै प्राधानाध्यापक पौडेलले पशुविज्ञान विषय पढीरहेका विद्यार्थीहरुलाई विद्यालयले ३ प्रतिशत ऋण दिएर पशुपालन व्यवसायमा लगाउने योजना रहेको बताए ।

 

उनका अनुसार विद्यालयले आगाामी वर्षमा पशु विज्ञान बिषयमा तीन बर्षिय कार्यक्रम पनि सञ्चालन गर्दैछ । भने हाल १८ महिने पशु विज्ञान बिषयमा ३५ जना विद्यार्थीहले अध्ययन गरिरहेका छन् । क्लिनिकको उद्घाटन कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले अबको शिक्षा प्राविधिक र व्यवहारिक हुनुपर्ने भन्दै यसमा विद्यालयले राम्रो काम गरेको बताए । कृषकहलाई पशु स्वास्थ्य सम्बन्धि निशुल्क प्राविधिक सल्लाह, सबै पशुहरुको स्वास्थ्य परीक्षण, औषधि, कृत्रिम गर्भाधारण लगायतका सेवा उक्त क्लिनिकबाट दिईने विद्यालयल जनाएको छ ।


विद्यालयमा सुर्खेतसहित जुम्ला, डोल्पा, कालिकोट, हुम्ला र जाजरकोटका विद्यार्थी अध्ययनरत छन् ।

२०७५ माघ १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्