Rara Pharmacy

पञ्चपुरीमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

सेरोफेरो/सुर्खेत
पञ्चपुरीमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

२२ माघ । यही फागुन २ देखि १० गते सम्म सुर्खेतको पञ्चपुरीमा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । सामुदायिक अध्ययन विकास केन्द्र बाबियाचौरका अध्यक्ष केशबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

 

मेलामा भलिबल प्रतियोगिता, कृषि प्रदशनी, नृत्य प्रतियोगिताका साथै जामु पुल देखि कुइने पुल सम्म आन्तरिक तथा बाह्य पर्यटक लाई जलयात्रा (र्याफ्टिङ) गराईने अध्यक्ष शाहीले जानकारी दिए ।

 

महोत्सवले पञ्चपुरी नगरपालिका भित्रको कृषि प्रर्वद्धन, सामजिक आर्थिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुने आयोजक दावी गरेको छ ।

२०७५ माघ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्