Rara Pharmacy

सुरक्षित ईन्टरनेट दिवस नवलपरासीमा सम्पन्न

सेरोफेरो
सुरक्षित ईन्टरनेट दिवस नवलपरासीमा सम्पन्न

२२ माघ । विश्वका सवै देशमा फेब्रुअरी ५ अर्थात माघ २२ गतेका दिन नवलपरासीमा पनि एक कार्यक्रम गरी सुरक्षित ईन्टरनेट दिवस मनाइएको हो । जागृति बाल तथा युवा सरोकार नेपालको संयोजन तथा परिवर्तनका लागि युवा नेपाल र बेटर नवलपरासीसँगको समन्वयमा देवचुलीका ३ माध्यमिक विद्यालयमा सचेतनामुलक अभिमुखीकरण र सुरक्षित रुपमा इन्टरनेटको प्रयोगको लागि प्रतिबद्धता जाहेर गर्दै कार्यक्रम सम्पन्न गरिएको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम संयोजक दिपक शर्माले बताए ।


साईबर सुरक्षा सम्बन्धमा चेतना अभिबृद्धी गर्नको लागि बालबालिका तथा युवा वर्गको संग्लनतमा उनीहरुकै लागि काम गर्ने बिभिन्न संस्थाहरुको आयोजनामा बालबालिका तथा युवा बर्गलाई अनलाईन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार ब्यक्तिहरुको क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले सुरक्षित ईन्टरनेट दिवस प्रत्येक वर्ष एक सय भन्दा बढी देशहरुमा आयोजना गर्ने गरिएको छ ।


नेपालको पछिल्लो तथ्याँक अनुसार पनि फेसबुक लगायत सामाजिक सञ्जालको प्रयोग गर्ने प्रयोगकर्ताको संख्या झण्डै एक करोड रहेको र त्यसमध्ये आधा भन्दा बढी प्रयोगकर्ता २५ वर्ष मुनीका बालबालिका र युवाहरु रहेको तथ्याँकहरुले बताएको छ ।


आजको कार्यक्रम अन्तर्गत पहिलो चरणमा देवचुली नगरपालिकाका भिमसेन माध्यमिक विद्यालय, पृथ्वी माध्यमिक विद्यालय र सकला माध्यमिक विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु र अन्य पदाधिकारीहरुको उपस्थितीमा सम्पन्न गरिएको कुरा परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाईले बताए ।


यो अभियान अन्तर्गत असुरक्षित ईन्टरनेटको प्रयोगले बालबालिका तथा युवाहरुमा अनलाईन यौन दृव्र्यवहार, शोषण, साईबल बुलिङ्ग, छलकपट र अन्य जोखीमहरु बढेकोले समेत यस्ता खालका सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपरेको कुरा बेटर नवलपरासीका संयोजक विश्वास लामिछानेले बताए ।


सुरक्षित इन्टरेनट दिवसले मात्र समस्याहरुको समाधान नँहुने हुँदा सम्बन्धित सवैको साथ र सहयोग चाहिने र सवै खालका नकरात्मक कुराहरु समेत विस्तारै इन्टनरेटको नीतिबाट समाधान गर्नुपर्ने कुरा पृथ्वी माध्यमिक विद्यालयकी छात्रा एवम किशोरी अभियन्ता संगम भुसालले जानकारी दिए । सुरक्षित तवरबाट कसरी राम्रो तरिकाबाट गर्न सकीन्छ भन्ने बारेमा छलफल आवश्यक रहेको कुरा सहभागिहरुल बताएका थिए ।


कार्यक्रममा ३ विद्यालयमा गरी ३०० भन्दा बढी विद्यार्थीहरुले म सुरक्षित रुपमा ईन्टरनेटको प्रयोगमा प्रतिबद्ध छु भन्ने प्रतिबद्धता ब्यानरमा हस्ताक्षर समेत गरेका थिए ।

२०७५ माघ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्