Rara Pharmacy

लैङ्गिक विभेद र समानताबारे जनप्रतिनिधिको छलफल

सेरोफेरो/सुर्खेत
लैङ्गिक विभेद र समानताबारे जनप्रतिनिधिको छलफल

२८ माघ । स्थानिय तहमा निर्वाचित जनप्रतिनीधिले आफ्नो कार्यक्षेत्रमा भइरहेको लैङ्गिक विभेदको स्थिती र सामाजिक समावेशी अवधारणाको विद्यमान अवस्थाको बारेमा समिक्षा गरेका छन् ।


सोमबार वीरेन्द्रनगरमा कारितास नेपाल, बयलकांडा नवज्योती बचत तथा ऋण सहकारी संस्था लगाएतले आयोजना गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशी सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागी जनप्रतिनीधिले आफ्नो कार्यक्षेत्रमा भइरहेको समस्या, आफ्नो तर्फबाट भएका प्रयासहरु र चाल्नु पर्ने कदमको बारेमा छलफल गरे ।


जनप्रतिनीधिलाई नयाँ कानूनको बारेमा जानकारी गराउने र जनप्रतिनिधीले लैङ्गिक असमानतालाई कम गर्न कसरी भूमिका खेल्नसक्छन् भन्ने विषयमा मन्थन होस् उदेश्यले आयोजित उक्त कार्यक्रममा वीरेन्द्रनगरका एक देखि १२ र १४ वडाका महिला तथा पुरुष जनप्रतिनिधिको सहभागिता भएको थियो ।


कार्यक्रममा हिंसा न्युनिकरणमा प्रहरीको भूमिका विषयमा सामुदायिक प्रहरी राम बहादुर शाही, लैङ्गिक विभेद, लैङ्गिक बजेट र समानताको विषयमा आवाज संस्थाका निर्देशक पवित्रा शाही र हिंसा, न्याय प्राप्तीको प्रक्रिया, कानूनी प्रावधान, न्यायिक समितिको काम कर्तव्य र अधिकार एवम् यसको भूमिकाको विषमा अधिवक्ता गीता कोइरालाले सहजिकरण गरेका थिए ।


कार्यक्रमपछि जनप्रतिनिधिले विषयको सान्दर्भिकताको बारेमा प्रशंसा गर्दै छलफलले आफूहरुलाई काम गर्न सहज हुने आशा व्यक्त गरेका थिए ।

२०७५ माघ २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्