Rara Pharmacy

नेकपामा विभाजन ल्याउने देखि अन्तराष्ट्रिय सम्वन्ध बिगार्ने कोषिस भईरहेको छ : प्रधानमन्त्री (भिडियो)

सेरोफेरो/काठमाडौं
नेकपामा विभाजन ल्याउने देखि अन्तराष्ट्रिय सम्वन्ध बिगार्ने कोषिस भईरहेको छ : प्रधानमन्त्री (भिडियो)

१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारलाई असफल पार्नका लागि नेकपामा विभाजन ल्याउने र अन्तराष्ट्रिय सम्बन्धलाई बिगार्ने कोषिस भईरहेको बताएका छन् । देशलाई एउटै अवस्थामा देख्न चाहाने तत्वले यसो गरिरहेको उनको आरोप छ ।

 

सरकारले बुधबार राजधानीमा आयोजना गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा सभामा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्रीले भने ‘हेर्दाहेर्दै भैंसी ब्यायो, दूध पनि दियो, पाडी पनि पायो ‘। नेपाली जनताले देख्न खोजेको दिन यही हो ।’

नेपालमा ४० प्रतिशत भन्दा बढी युवाहरु र ६० प्रतिशत भन्दा बढी सक्रिय जनसंख्या रहेको भन्दै प्रधानमन्त्री ओलीले अब हरेक नेपालीले आफ्ना लागि, परिवारका लागि र देशका लागि केही गरेरै छोड्ने संकल्प लिनुपर्ने बताएका छन्।

 

‘हामीसँग बहुमत छ। बहुमतको सरकार पाँच वर्ष आरामले जान्छ,’ उनले भने, ‘सरकार स्थिर भैसक्यो। यो वर्षलाई हामीले आधार वर्ष मानेका छौँ। यो सरकार भिजन सहितको सरकार हो। जनताले देख्न चाहेको गतिशील सरकार हो।’

 

प्रतिपक्षलाई लक्षित गर्दे प्रधानमन्त्रीले भने देशमा तोडफोड, आगजनी गर्नुभन्दा दिमाग राम्रो काममा लगाउन उनले आग्रह गरे ।

कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडा, श्रममन्त्री गोकर्ण विष्टले यो दिन ऐतिहासीक भएको र नेपालमा कोही पनि बेरोजगार बस्न नपर्ने अवस्था आउने बताए ।

२०७५ फागुन १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्