Rara Pharmacy

ब्लड क्यान्सरबाट पिडित गणेश शाहीलाई बचाउन अपिल

सेरोफेरो

२ फागुन । ब्लड क्यान्सर भएका भैरबि गाउंपालीका ५ दैलेखका गणेशबहादुर शाहिले आंफुलाई बचाउन आग्रह गरेका छन् । गत असोज महिना अघिदेखी बिरामी परेका गणेशलाई सुर्खेतमा उपचारका क्रममा ब्लड क्यान्सर देखापरेपछि कर्णाली प्रदेश अस्पताल र सुर्खेत हस्पिटलमा करिब १५ लाख सकिएको छ । त्यसपछि सुर्खेतबाट डाक्टरहरुले काठमान्डौ रिफर गरेका थिए ।


गणेश शाहि बचाउन अभियानका महेन्द्रकुमार थापाले भने ‘काठमान्डौंको सिभिल अस्पतालमा गणेशको उपचार त हुन्छ तर त्यसको लागी करिब ३५ लाख देखी ४० लाख सम्म लाग्ने डाक्टरहरुको भनाई छ । २१ वर्षीय गणेश शाहिको घरको आर्थीक अवस्था कमजोर भएकोले उनको जिवन रक्षाका लागी गणेश शाहि बचाउ अभियान सञ्चालन गरिरहेका छौं ।’


सुर्खेतका विभिन्न शैक्षीक संस्था तथा व्यक्तीहरुले ३० हजार रुपैयां यसअघि सहयोग गरिसकेको उनले बताए । पुन विभन्नि संघसंस्था तथा व्यक्तीहरुबाट सहयोगको अपेक्षा राखेको छौं । सहयोगकका लागी गणेश बहादुर शाहि बचाउ अभियानको नाममा रहेको राष्ट्रिय बाणिज्य बैक मैतिदेबी काठमान्डौको खाता नं १५५०१७२९३१ मा सहयोग गर्न वा निजका दाई निमबहादुर शाहि ९८५८०५१०४४ मा सम्पर्क गरी सक्दो सहयोगको गर्न सकिने थापाले बताए ।


सुर्खेतका लागी मैले सहयोग संकलन गरिरहेको छु । उनले थपे यसको लागी ९८४४८६२२३२ मा सम्पर्क गर्दा पनि गणेशबहादुर शाहिसम्म सहयोग रकम पारदर्शी ढंगबाट पुग्ने छ । कसैको एकरुपैयां सहयोगले कसैले जिवन दान पाउंछ भने किन सहयोग नगर्ने ’ गणेशको जिवनका लागी आंफु लगाएत टिम नै लागीरहेको उनको भनाई रहेको छ ।

२०७५ फागुन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्