Rara Pharmacy

कर्णाली सरकारको एक बर्ष: यस्ता भए काम

सेरोफेरो/सुर्खेत
कर्णाली सरकारको एक बर्ष: यस्ता भए काम

३ फागुन । कर्णाली सरकार गठन भएको फागुन ३ गते ठीक एक वर्ष पुगेको छ । 

 

पहिलो बर्षलाई प्रदेश सरकारले कानुन निर्माणको बर्ष भनेको छ । यो एक वर्षको अवधीमा कर्णाली प्रदेश सरकारले १८ वटा बिधेयक पारित गरेको छ । सरकारले ८ वटा विधेयक प्रदेश सभामा पेश गर्न स्विकृति दिएको र २४ वटा विषयमा विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान गरको छ ।

 

यस अवधीमा विभिन्न २८ वटा नीति, नियमावली, कार्यविधी, मापदण्ड तथा निर्देशिकाहरु स्विकृत गराएको छ । ४४ वटा कार्यविधिहरु तर्जुमा गरी कार्यान्वयनमा रहेका छन् ।

 

त्यस्तै प्रदेश मातहतमा १ सय ८ वटा संगठन संरचना बिस्तार गरी सेवा प्रवाह गरेको छ । प्रदेश समन्वय परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । उक्त बैठकले प्रदेशको विकासका लागि ३४ बुँदे साझा प्रतिवद्धता प्रकट गरेको छ ।

 

यस अवधीमा ४० पटक मन्त्रिपरिषदको बैठक बसी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

 

यस्तै चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रथम चौमासिकको लागि बिनियोजन बजेट २ अर्ब ६४ करोड ६३ लाख ५६ हजार मध्ये खर्च प्रगति १९.२० प्रतिशत रहेको छ ।

 

राहत र उद्धारतर्फ विपत्जन्य प्राकृतिक प्रकोपमा ८० घरपरिवारलाई राहत वितरण, राउटे लगत संकलन कार्यक्रम, कर्णालीका ७० वर्ष माथिका नागरिकलाई पदेश अन्तर्गतका सबै सरकारी अस्पतालमा निःशुल्क सेवा, ५ लाख बराबरको पत्रकार स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको छ ।

 

यसैगरी प्रदेश भित्रका १४ वटा प्रहरी ईकाईको भवन निर्माण तथा कर्णाली डिजिटल विद्यालय कार्यक्रम शुरु गरिएको छ ।

 

सरकारले जारी गरेको प्रगति विवरणमा रारा पर्यटन वर्ष २०७५, बाढीपीडितका लागि समिति गठनलगायतका उपलब्धी समेटिएको छ ।

 

प्रगति प्रतिवेदन (पूर्णपाठ) :

२०७५ फागुन ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्