Rara Pharmacy

जुम्लाको आकाशमा प्यारागलाइडिङ

शुभाकर विश्वकर्मा /जुम्ला
जुम्लाको आकाशमा प्यारागलाइडिङ

४ फागुन । जुम्लामा शनिबारबाट साताव्यापी प्यारागलाइडिङको सम्भाव्यता अध्ययन शुरू भएको छ ।

 

 

व्यवसायिक प्यारागलाइडिङ उडान शुरू गर्नको लागि परिक्षण उडान शुरू गरिएको हो । जिल्लाका आठ वटै स्थानीय तहमा परिक्षण उडान गरिने कर्णाली ईनोभेटिभ एण्ड टेक्नोलोजी जुम्लाले जनाएको छ । यस अघि भदौ महिनामा परिक्षण उडान गरिएको थियो ।

 

शनिबार परिक्षण उडानका रूपमा प्रमुख सार्कि र तातोपानी गाउपालिकाका अध्यक्ष नवराज न्यौपानेले प्यारागलाइडिङमा उडान गरि सम्भाव्यता अध्ययनको शुरूवात गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्किले प्यारागलाइडिङले स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने बताए ।

 

प्यारागलाइडिङको जिल्ला भनेर चिनाउन सकिने उनको भनाई छ । तातोपानी गाउपालिका अध्यक्ष नवराज न्यौपानेले गाउपालिकाको पर्यटन प्रबर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उडानमा सयौ दर्शकको उपस्थिति रहेको थियो ।

 

विस्तृत परिक्षणका लागि पोखराबाट चार जना पाइलट जुम्ला आएका छन् । जुम्ली बैज्ञानिक टक्क नेपालीको प्रबन्धमा जुम्लामा पहिलो पटक परिक्षण शुरू गरिएको हो । नेपालीले साहसिक खेलको माध्यमबाट पर्यटकीय क्षेत्र बनाउने उद्देश्य रहेको र यसमा सबैको साथ र सहयोगको अपेक्षा राखेको बताए ।

२०७५ फागुन ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्