Rara Pharmacy

जुम्ला यात्रा (फोटो कथा र भिडियो)

सेरोफेरो/सुर्खेत
जुम्ला यात्रा (फोटो कथा र भिडियो)

१७ फागुन । यात्रा, फोटोग्राफी र पर्यटन प्रवर्धनमा रुची राख्ने पन्च देव भट्टले सुर्खेतदेखि जुम्ला सम्मको यात्रा एवं, पर्यटकीय दृष्टिकोणवाट प्रभाव पार्ने दृश्यचित्र सार्वजनिक गरेका छन् । युटुवबाट सार्वजनिक गरिएको उनको भिडियो यहाँ हेर्न सकिन्छ । 

उक्त दृश्यचित्रमा सुन्दर जुम्ला उपत्यका सहित महत्वपुर्ण पर्यटकीय गन्तब्य, प्रसिद्ध धार्मिक स्थल तथा यात्राका क्रममा पर्ने दैलेख र कालिकोट जिल्लाका केहि स्थानहरुलाई समेटेका छन् ।


बाइसे चौबिसे राज्य कालदेखि नै महत्वका साथ हेरिने यो क्षेत्र भागौलिक चुनौतीका बीच पर्यटनको बलियो सम्भावना रहेको भट्टको बुझाइ छ । जुम्ला उच्च पहाडी तथा हिमाली भेगमा पर्ने भएको हुँदा जाडोयाममा प्राय हिउले ढपक्क ढाकिएको दृश्य पनि भिडियोमा देख्न पाइने उनले बताए ।


यस अघि उनले नेपालका विभिन्न क्षेत्र तथा चाडपर्वहरुबारे वृतचित्र सार्वजनिक गरिसकेका छन् ।

 

यात्राका क्रममा उनले लिएका केहि तस्बिर ।

kalikot, manma, Karnali in forgroundManma, HQ of KalikotNear Jumla - Patarasi with local kidsWooden Crafts, JumlaJumla with Tila river in foregroundDudul Peace Stupa - JumlaMountain seen from Jumla valley

२०७५ फागुन १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्