Rara Pharmacy

प्रदेशमै पहिलो पटक नाटक महोत्सव

सेरोफेरो /सुर्खेत
प्रदेशमै पहिलो पटक नाटक महोत्सव

२१ फागुन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । यही फागुन २३ देखी २९ गते सम्म सञ्चालन हुने ‘रारा राष्ट्रिय नाटक महोत्सव’मा देशभरका कलाकारले १२ वटा नाटक प्रस्तुत गर्ने आरङ्ग नेपालका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।


उनले भने ‘उद्घाटनमा प्रदर्शन गरिने नाटक मुसल पर्व आरङ्ग नेपालबाट प्रस्तुत गरिनेछ भने अन्य १२ वटा नाटक ६ वटा प्रदेशबाट दुइवटाका दरले प्रदर्शन गरिनेछ ।’ उनका अनुसार नेपालमै पहिलो पटक काठमाडौं बाहिर राष्ट्रिय नाटक महोत्सवको आयोजना हुन लागेको उनले बताए ।


महोत्सवको उद्घाटन कार्यक्रम उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलबाट २३ गते दुई बजे हुने र समापन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिबाट हुने आयोजकले बताएको छ ।


सांस्कृतिक संस्थान काठमान्डौं र आरङ्ग नेपाल सुर्खेतको संयुक्त आयोजनामा हुने महोत्सवमा विद्यार्थी तथा सिमान्तकृत वर्गको लागि एक सय र अन्यका लागि २ सय तथा ३ सय रुपैंयाको टिकट लाग्ने बताइएको छ ।

Natak 1
यो महोत्सवबाट विशेष गरी विद्यार्थीहरुले देशभरका कला भाषा र संस्कृतिको जानकारी प्राप्त गर्नेछन् । मंलगबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांस्कृतिक संस्थानका नाट्य विभाग प्रमुख प्रभाकर शर्माले सुर्खेतलाई कलाको खानी भएकोे भन्दै यस क्षेत्रमा नाटक महोत्सवको प्रभाव समेत राम्रो पर्ने विश्वास व्यक्त गरे ।


महोत्सवको लागि करिब ४० लाख खर्च लाग्ने र त्यसको व्यवस्थापनको लागि स्थानिय र प्रदेश सरकारले समेत ठुलो सहयोग गरेको आयोजकले बताएको छ । कर्णाली प्रदेश सरकारले मात्र महोत्सवको लागि १० लाख बजेट बिनियोजन गरेको छ ।


नेपाल प्रहरी व्यायामशाला सुर्खेतको हलमा हुने कार्यक्रममा करिब ३ सय दर्शक अटाउने छन् र महोत्सवमा केहि स्टलहरु समेत रहने आयोजकले बताएको छ ।

२०७५ फागुन २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्