Rara Pharmacy

काँक्रेविहार पुनर्निर्माण जेठमा सकिने

सेरोफेरो/सुर्खेत
काँक्रेविहार पुनर्निर्माण जेठमा सकिने

४ चैत, सुर्खेत । कर्णाली प्रदेशमा रहेको नेपालको एकमात्र संरक्षित वन काँक्रेविहारमा निर्माणाधिन शिखर शैलीको मन्दिरको स्वरुपको निर्माण आगामी जेठ मसान्त सम्म गरिसक्ने निर्माण कम्पनी सिद्धबाबा कन्ट्रक्सनले जनाएको छ ।

 

निर्माण गर्ने समय २०७४ जेठ मसान्त भएपनि विभिन्न कारणले गर्दा ढिलाई भएको निर्माण कम्पनीका तिर्थराम काशीछावाले बताए ।

 

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख देवकुमार सुवेदीले काँक्रेविहारलाई बौद्ध धर्मावलम्वीको आकार्षण भएको बताएका छन् । आर्थिक, सामाजिक र साँस्कृतिक विकास संगै कार्णाली राजमार्गलाई जोड्ने भएकोले काँक्रेविहारलाई समयमा नै निर्माण सम्पन्न गर्न निर्माण पनि सुवेदीले आग्रह गरेका छन् ।

 

वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुरेश मानन्धरले पर्यटकीय क्षेत्र काँक्रेविहार ऐतिहासिक रहेकोले निर्माणमा ढिलाई भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

२०७५ चैत ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्