Rara Pharmacy

बिबाहको निम्तो आउदा जन्मदर्ता माग्ने गर्छु-हिरासिंह थापा (भिडियो अन्तरवार्ता)

सेरोफेरो
बिबाहको निम्तो आउदा जन्मदर्ता माग्ने गर्छु-हिरासिंह थापा (भिडियो अन्तरवार्ता)

८ चैत्र । सामाजिक सेवा केन्द्र (सोसेक नेपाल) दैलेखका अध्यक्ष हिरासिंह थापाले जो सुकैले बिबाहको निम्तो दिएपनि जन्मदर्ता माग्ने गरेको बताए । विगत लामो समयदेखि महिला तथा बालबालीकाको क्षेत्रमा काम गरिरहेका थापाले सवैले यसरी नै जन्मदर्ता मागेर बिबाहमा जाने गरेको खण्डमा बालविबाह अन्त्य हुने बताए ।

 

बालबिबाहका घटनाहरुलाई स्थानिय सरकारका प्रमुखहरुले नै ढाकछोप गरेका समेत आरोप लगाए । सेरोफेरो सम्वादमा कुरा गर्दे थापाले छाउपडी प्रथाको अन्त्यको लागी पुरुषहरुले पहलकदमी लिनु पर्ने बताए ।


छाउपडी प्रथाले महिलाहरुको स्वास्थ्यमा नकरात्मक असर परेको भन्दै यसबाट महिलाहरुले विभिन्न हिंसाहरु खेप्नु परेको बताए । छउपडि प्रथाले महिलाहरुको मानसिक अवस्थामा समेत असर परेको उनको भनाई छ  ।


सामाजिक सेवा केन्द्र दैलेखले राउटे उत्थानको क्षेत्रमा समेत काम गरिरहेको छ । उनले भर्खरमात्र एन पिस अवार्ड समेत जितेका छन् ।

अन्तरबार्ता हेर्नुहोस् :

२०७५ चैत्र ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्