Rara Pharmacy

न्यायालय भित्रको भ्रष्टाचार अन्त्य प्रमुख एजेण्डा : चन्डेश्वर श्रेष्ठ (भिडियो)

गणेश ओली/सेरोफेरो
न्यायालय भित्रको भ्रष्टाचार अन्त्य प्रमुख एजेण्डा : चन्डेश्वर श्रेष्ठ (भिडियो)

१४ चैत्र । न्यायालय भित्र रहेको व्याप्त भ्रष्टाचार अन्त्य आफ्नो प्रमुख ऐजेण्डा रहेको प्रगतिशिल ,पेशागत तथा समाबेसी समुहका तर्फबाट उम्मेदवार बरिष्ठ अधिवक्ता चन्डेश्वर श्रेष्ठले बताएका छन् ।

 

बिहिवार काठमाडौंमा आयोजित कानुन ब्यावसायीहरुको बृहत चुनावी भेलालाई सम्बोधन गर्दे श्रेष्ठले सो कुरा बताएका हुन् । न्यायालयलाई जनउत्तरदायी, पारदर्शी बनाउनको लागी समेत यो नेतृत्व सहकार्य गरेर अगाडी बढ्ने समेत श्रेष्ठले बताए ।

 

न्याय मर्न नदिनको लागी बार बलियो हुन आवश्यक भएको उनले बताए । उनले भने 'हामी राजनिति भन्दा माथि उठेको व्यवासायीक र मर्यादित बार बनाउन चाहान्छौं, त्यसको लागी प्रगतिशिल समुहले जित्न जरुरी छ ।' न्यायायीक नेतृत्व बलियो भयो भने मात्र न्याय सम्पादनमा सहज हुने भएकोले यो समुहले यसको लागी पर्ने समेत श्रेष्ठले बताए ।

नेपाल बारको केन्द्रीय समितिको निर्वाचन चैत्र १६ गते हुदैछ । जसको लागी लोकतान्त्रीक समुहबाट अधिवक्ता सुनिल कुमार पोख्रेल र प्रगतिशिल ,पेशागत तथा समाबेसी समुहका तर्फबाट बरिष्ठ अधिवक्ता चन्डेश्वर श्रेष्ठ चुनावी मैदानमा उत्रियका छन् ।

२०७५ चैत्र १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्