Rara Pharmacy

नेपाल लगानी सम्मेलन २०७५ शुरु : नेपालमा लगानीको राम्रो अवसर भएको प्रधानमन्त्रीको भनाई

सेरोफेरो/काठमाडौं
नेपाल लगानी सम्मेलन २०७५ शुरु : नेपालमा लगानीको राम्रो अवसर भएको प्रधानमन्त्रीको भनाई

१५ चैत । नेपाल लगानी सम्मेलन २०७५ को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता पनिभएकोले लगानीको राम्रो अवसर रहेको बताउनु भएको छ ।


नेपाल लगानी सम्मेलन २०७५ को काठमाडौमा आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुराबताउनु भएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपालमाअहिले स्थिर सरकार,नीतिगत स्थिरता र सुस्पष्ट लक्ष्यका साथ अघि बढेको सरकार छ” प्रधानमन्त्रीओलीले भन्नुभयो“मतपाईंहरुलाई मेरो विकासको सपनालाई मूर्तताप्रदान गर्न ७५ वटा भन्दा बढी आकर्षक परियोजनाहरु प्रष्तुत गर्दैछु ।”


प्रधानमन्त्री ओलीले नेपाल नेपालीको लामो समय देखिको सामाजिक र आर्थिक रुपान्तरणको सपना पुरा हुदैछ भन्ने आफूलाई विस्वास लागेको समेत बताउनु भयो । “विभिन्नदेशबाट आउनु भएका लगानीकर्ताहरु लाई अपार अवसर भएको क्षेत्रमा लगानी गरी ३ करोड इमान्दार र मेहनतीजनताको जीवन स्तर उकास्न सहयोग गर्नुस् भन्ने आह्वान समेत गर्दछु” प्रधानमन्त्री ओलीले सो अवसरमा भन्नु भयो ।


प्रधानमन्त्री ओलीले सरकारले आधार बर्षको रुपमा गएको एक बर्षलाई नीतिगत र कानुनी सुधार बर्षको रुपमालिएको बताउनुभयो । “यसबीचहामीले संविधानलाई कार्यान्वयन गर्न कैयन कानुनको निर्माण गरेका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँकानुनी तथा नीतिगत संरचनाले विदेशीलगानीलाई उत्प्रेरित गर्ने वातावरण बनाएको छ ।”


प्रधानमन्त्रीओलीले नेपाललाई सन् २०३० सम्ममा सहस्राब्दीलक्ष्य हासिल गर्दै देशलाई मध्यमस्तरको आम्दानी भएको देशका रुपमा रुपान्तरण गर्न चाहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपाल व्यापार र लगानीका लागी तत्पर छ भन्ने कुरा सबैलाई अवगत गराउन चाहेको सो अवसरमा जानकारी दिनुभयो ।

 

“नेपाल व्यापार र लगानीका लागी तत्पर छ भन्ने मेरो सन्देस हो” प्रधानमन्त्रीओलीले भन्नुभयो “सुंरक्षित महशुस गर्नुहोस् र अवसरको फाइदा लिनुहोस् । तपाईंको लगानी संरक्षित र मुनाफा सुरक्षित छ । संसदमा भएका सबै राजनीतिक दलहरु वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र भित्राउन एकमत छन ।”


सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै १ हजार लगानीकर्ताको उपस्थिति रहेको छ । विभिन्न ४० देशहरुबाटमात्रै ६ सय भन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागी भएका छन् ।

२०७५ चैत्र १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्