Rara Pharmacy

भूतपूर्व नेपाली सेना जो अपाङ्गता भएर पनि व्यवसायमा उदाहरणीय बने

सीता वली /सुर्खेत
भूतपूर्व नेपाली सेना जो अपाङ्गता भएर पनि व्यवसायमा उदाहरणीय बने

१८ चैत ।  मेरो जन्म वि.स २०११ साल असार २६ गते तातोपानी गाउँपालिका ५ जुम्लामा भएको हो । हाल वीरेन्द्रनगर १० सुर्खेतमा बस्दै आएको छु । करिब २२ वर्ष भयो सुर्खेतमा बस्न थालेको ।


बुवा भक्तिप्रसाद चौलागांई र आमा रुम्मा चौलागाईको जेठो छोरा हुँ । सानैदेखी जिवन निर्वाह कसरी गर्ने भन्ने बारेमा सोच्थें । करिब १२ वर्षको हुँदा भारतमा गएँ ।

साथीहरुको लहैलहैमा लागेर । करिब ३ वर्ष मारवाडी डिजिविआर कम्पनीमा काम गरें । तर मेरो माइलो बुवाले आºनै देशमा जाने आग्रह गरेपछि उहांसंगै म नेपाल फर्किएँ।


घरमा आएपछि आफन्त पर्ने खडानन्द पाण्डेले नेपाल आर्मीमा जागिर खुलेको जानकारी दिनुभयो । तलब, रासन, कपडा सबै पाइन्छ भनेपछि म पनि भर्ती हुन गएँ र भएँ पनि । त्यो बेलामा जस्तो जीवनमा अर्को खुसी कहिल्यै आएन । वि.सं २०३२ सालको कुुरा हो त्यो बेलामा तलब ६९ रुपैयाँ थियो । वि.स २०४५ सालसम्म ३ सय रुपैयां तलब खाइन्थ्यो ।


सामान्य लेखपढ मात्रै गरेको मान्छे हुँ । मेरो पढ्ने उमेरमा पञ्चायती व्यवस्था थियो । गाउँ गाउँमा विद्यालय स्थापना गर्ने लक्ष्य भएपनि पढाइको महत्व थिएन । त्यसैले पनि होला पढिएन ।


जब म हिड्न नसक्ने भएँ

म अहिले जस्तो अपाङ्गता पहिले थिइन । वि.स २०४१ सालमा जागिरकै शिलशिलामा स्पाइनल (मेरुदण्डमा भएको समस्या) को कारण मेरो खुट्टा नचल्ने भएको हो ।

 

बिरामी परेपछि आर्मी अस्पतालमा मेरो उपचार भयो । करिब दुइवर्ष जती म अस्पतालको बेडमा सुतें । बाँच्न त सफल भएं तर मेरो जीवनमा हिड्ने डुल्ने क्षमता फर्केर आएन ।

 

पहिला त म लठ्ठिको साहारामा पनि हिंड्न नसक्ने अबस्थामा थिएँ । पछि बिस्तारै फिजियो थेरापी, अकुपञ्चर गरेपछि ह्वील चियरमा बस्न सक्ने भएँ । आजभोली लठ्ठिको सहारामा हिड्न सक्ने भएको छु ।


म अस्पतालको बेडमा सुतिरहेको बेलामा पहिला आंफू हिडेको, डुलेको बाटोहरुको याद आउथ्यो । अब कहिल्यै हिड्न नसक्ने कुरा थाहा पाएपछि कती रोएँ कति ! जीबनको सबै भन्दा दुःखको क्षण त्यहि हो । जतीबेला मैले अब म हिंड्न सक्दैन भनेर थाहा पाएको थिएँ । आजभोली दिनप्रतिदिन संघर्ष गर्दै जाँदा आºनो मन आफै बुझाएको छु ।


२०५७ सालमा नेपाल आर्मीको जागीर स्वइच्छाले छोडेको हुँ । मलाई आफू असक्त भएर नेपाल सरकारको मानो खान मन लागेको र पेन्शन पाउने गरी जागिर छाडें ।


आजभोली जीवन साथीले आँखा देख्न सक्तिनन् । म अपाङ्ग हुँदा उनले साथ दिएकी थिइन । अहिले उनको आँखाको धेरै उपचार गराइयो तर निको भएन ।


नयाँ व्यवसायIMG_4727

मैले नेपाल आर्मीको जागिर छोडेपछि वि.स २०६४ सालदेखी स्विट प्याक उत्पादन गर्दै आएको छु । सिन्धु सुधार संस्था हाल सुर्खेत नेत्रहिन संघले त्यो बेलामा तालिमको आयोजना गरेको थियो । २५ जना सहभागी भएर हामीले त्यो तालिम लिएका थियौं ।


त्यसपछि मैले आºनै घरमा १० हजार रुपैयां लगानी गरेर स्विट प्याक उत्पादन गर्ने गरेको छु । मेरो उत्पादन वीरेन्द्रनगर बजार, छिन्चुबजार, रामघाट, मेहेलकुना, बोटेचौर लगाएतका बजारमा जाने गर्दछ ।


यो अरु व्यवसाय जस्तो दैनिक रुपमा व्यापार हुंदैन । दशै, तिहार, तथा बिश्वकर्मा बाबाको पुजाको बेलामा करिब ३० हजार रुपैयां भन्दा बढिको बिक्री हुन्छ भने अन्य समयमा ५ हजार जतीको माशिक रुपमा बिक्रि हुन्छ । बजारको माग अनुसारको मैले उत्पादन गर्ने गरेको छु ।


मेरो परिवार १० जनाको छ । दुई छोरा, एक छोरी र बुहारी अनी नाती नातिना । जेठोछोरा र बुहारी अनी नाती नातिनाहरु काठमान्डौंमा बस्छन् । व्यवसायमा मलाई मेरो श्रीमती, छोरी र कान्छो छोराले सहयोग गर्दै आएका छन् ।


धेरैको प्रश्नः पेन्सन खाएर बसेहुन्छ, किन बुढेस कालमा दुःख गरेको ?

धेरैले भन्छन् पेन्शन आउंछ आंफू असक्त पनि हुनुहुन्छ किन दुःख गर्नुहुन्छ भनेर । तर खाली दिमाग सैतानको घर भन्ने उखान सत्य हो । खाली बसियो भने तास र रक्सीमा मन जान्छ । जसले गर्दा मेरो घर र समाजमा अशान्ति फैलिन्छ । त्यसैले मैले खाली बस्न नचाहेरै यो व्यवसाय शुरु गरेको हुं । कच्चा पदार्थ भारतबाटै आउंछ । हामीले चांहि नेपालगञ्जबाट किनेर ल्याउनु पर्दछ ।

IMG_4733
अपाङ्गता जीवनको अनुभव

सानोमा मेरो स्वभाव सामान्य खालको थियो । आज पनि खासै असामान्य चांहि छैन तर पनि समय अनुसार हिड्न सिकेको छु । मेरो जीवनको साङ्ग र अपाङ्गता जीवनमा धेरै फरक मैले पाएको छु ।


भावनात्मक रुपमा त सबैले सान्त्वना दिन्छन् । केहि समस्या परको बेलामा सहयोग गर्छौ भन्ने आश्वासनहरु पनि आउंछन् तर व्यवहारिकतामा त्यस्तो देखाउंदैनन् । यस्तो अपाङ्गता भएको व्यक्तिलाई सहयोग गरेर भोली आंफूले सहयोग पाइदैनकी भन्ने उनीहरुको सोच हुन्छ होला ।


मैले आंफूले स्विट प्याक उत्पादन मात्रै होईन त्यो सम्बिन्धि तालिम पनि दिने गरेको छु । मलाई बेला बेलामा वडाहरुमा आएको बजेटले तालिम दिनुपरेमा मलाई बोलाइन्छ ।


प्रदेश सरकारसंग आग्रह

स्थानिय तथा प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई चाहेको उद्योग धन्दा सञ्चालन गर्न सहयोग गर्नुपर्दछ । त्यस्तै अपाङ्ग संरक्षण ऐन २०७४ लाई कार्यान्वयन मात्रै गर्‍यो भने हामीहरुलाई धेरै सहयोग हुन्छ ।


अपाङ्ग भएका व्यक्तिहरुका लागि पहुंचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा ऐन २०६९ राज्यका कुनैपनि निकायले कार्यान्वयन गरेको पाईदैन । यसमा सबैको ध्यान जाओस् । चाहेको बेलामा जनप्रतिनिधी र कार्यालयका कर्मचारी भेट्ने वातावरण हामीहरुलाई पनि हुनुपर्दछ । यसले हामीहरुलाई मात्रै होईन ,अन्य बालबालिका, जेष्ठनागरिक र गर्भवती महिलाहरुलाई समेत सहयोग पुग्दछ ।


मेरो जिवनको आधा उमेर गइसक्यो अहिले पनि समाज सेवामा सक्रिय छु । यसरी नै समाजको लागि केहि गर्न सकु जस्तो लाग्छ । मेरो भविष्य भनेको नै समाज सेवा हो जुन गर्दै आएको छु ।IMG_4724

२०७५ चैत १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्