Rara Pharmacy

कालिकोटमा आँखा शिविर: घर आगनमै शल्यक्रिया सेवा पाएपछि स्थानीय हर्षीत (फोटो कथा)

शरद रेग्मी /कालिकोट
कालिकोटमा आँखा शिविर: घर आगनमै शल्यक्रिया सेवा पाएपछि स्थानीय हर्षीत (फोटो कथा)

२१ चैत । कर्णाली प्रदेशको कालिकोटमा दुइ दिने निःशुल्क आँखा शिविर सुरु भएको छ ।


नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुरले कर्णाली प्रदेशमा आँखा उपचार सेवा पुर्‍याउने लक्ष्य लिएसंगै विहिवार देखि शिविर सुरु गरेको हो ।


नेपाल नेत्रज्योति संघ कालिकोटको आयोजना कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालयको आर्थिक सहयोग र राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा शिविर आयोजना गरीएको हो ।


उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले कर्णाली प्रदेशका जनतालाई घर आगनमै आँखा उपचार सेवा दिने उद्धेश्यले शिविरको आयोजना गरीएको बताए । त्यस्तै संघका केन्द्रिय सदस्य, कर्णाली प्रदेशका संयोजक कृष्णकुमार गिरीले कर्णाली प्रदेशका जनतालाई निःशुल्क आँखा उपचार सेवा दिन प्रदेश सरकारसंग अवधारणा पेस गरेको र सोही अनुरुप काम सुरुगरेको जानकारी दिए ।

C1
उनले अव कोही कसैले पनि पैसाको अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित हुन नपर्ने जिकिर गरे । ‘अव कोही पनि आर्थिक अभावका कारण उपचार सेवा नपाई दृष्टी विहिनताको समस्यामा बस्नुपर्ने छैन्, हामीले प्रदेश सरकारसंग समन्वय गरी कर्णाली प्रदेशका जनतालाई उज्यालो प्रदान गर्नेछौं’ गिरीले भने ।


दाङ शाखाका सभापति समेत रहेका गिरीले प्रदेश सरकारले आँखा उपचार सेवाका लागि दुई करोड रकम दिने बचन दिएको समेत बताए । ‘अव हामी कर्णाली प्रदेशका सवै स्थानमा पुगी आँखा उपचार सेवा दिनेछौं, जुम्ला र कालिकोटमा शिविर आयोजना गरी सयांैलाई उज्यालो दिएका छौं’ उनले भने ।


कालिकोटका ८२ बर्षिय आइले तिरुवाले घर आँगनमै विशेषज्ञ डाक्टरबाट शल्यक्रियाका साथै आँखा चेकजाँच गराउन पाउँदा आफूहरु खुशी भएको बताए । त्यस्तै जुम्लाका ८९ बर्षिय शेरे सार्कीले पनि पहिलोपटक आँखा जाँच गराएको र निःशुल्क चश्मा पाउँदा खुशी भएको बताएका थिए ।

C5
शविरमा पहिलो दिन सात सय बढीको आँखा चेकजाँच र एकसयबढीको मोतिविन्दुको शल्यक्रिया गरीने राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले बताए । राप्ती आँखा अस्पतालका नेत्रविशेषज्ञ डा.सुरेश रसाइली, नेत्रअधिकृत, नेत्रसहायकलगायत २० जनाको प्राविधिक टोलीले शल्यक्रिया तथा आँखा चेकजाँच गर्ने सूचना अधिकारी बालाराम खड्काले जानकारी दिएका छन् ।


दुई दिन सम्म सञ्चालन हुने शिविरमा सहभागि हुनको लागि नागरिकहरु अछाम, जुम्ला, दैलेख कालिकोटका विभिन्न जिल्लाबाट एक दिन अघीनै कालिकोटको मान्म बजार आइपुगेका थिए ।


कर्णाली प्रदेशमा मोतिविन्दुका कारण धेरैले दृष्टि विहिनताको समस्या खेपेको भन्दै अव त्यसलाई न्यूनिकरण गर्ने आयोजकको निश्कर्ष छ ।

C6C7C8

 

२०७५ चैत २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्