Rara Pharmacy

बारमा बामपन्थीको बाजी, २५ पदमध्ये महासचिव र प्रदेश ५ उपाध्यक्ष लोकतान्त्रिकको पोल्टामा (सूचीसहित)

गणेश ओली/सेरोफेरो
बारमा बामपन्थीको बाजी, २५ पदमध्ये महासचिव र प्रदेश ५ उपाध्यक्ष लोकतान्त्रिकको पोल्टामा (सूचीसहित)

२१ चैत्र । नेपाल बार एशोसिएशनको निर्वाचनमा बामपन्थी कानुन व्यवसायीहरुले बाजी मारेका छन् । कुल २५ पदमा २२ पद बामपन्थीको पोल्टामा परेको छ ।

 

लोकतान्त्रीक समुहवाट प्रदेश नं. ५ को उपाध्यक्षमा सुनिलकुमार श्रेष्ठ, महासचिवमा लिलामणि पौडल र मधेसी खुल्ला सदस्यमा मनोज कुमार चौधरी बाहेक अन्य सवै पदमा पराजीत भएका छन् ।

अध्यक्षमा नेकपा निकट प्रगतिशील समुहका चण्डेश्वर श्रेष्ठले ४ हजार २२ मत प्राप्त गरी विजय भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सुनिलकुमार पोखरेलले ३ हजार आठ सय ७३ मत ल्याएका छन्  ।

6

कानून व्यवसायीको छाता सङ्गठनको रुपमा रहेको बारको नेतृत्व चयनको लागी चैत्र १६ गते निर्वाचन भएको थियो ।


हेर्नुहोस् सूची (प्राप्त मतसहित):
चण्डेश्वर श्रेष्ठ अध्यक्ष (४०२२
रक्षा बस्याल उपाध्यक्ष महिला (३९४७)
मानबहादुर रुम्दाली राई उपाध्यक्ष १ नम्बर प्रदेश (३९४७)
रामचन्द्र सिंह उपाध्यक्ष २ नम्बर प्रदेश (३९३८)
इश्वरीप्रसाद भट्टराई उपाध्यक्ष ३ नम्बर प्रदेश (४१६८)
सुरेन्द्र थापा मगर, उपाध्यक्ष ४ नम्बर प्रदेश (४२९४)

सुनिलकुमार श्रेष्ठ ५ नम्बर प्रदेश (लोकतान्त्रिक समूह) (३९८६)
मीनबहादुर महत उपाध्यक्ष ६ नम्बर प्रदेश (४०५९)
उमेशप्रसाद बिष्ट उपाध्यक्ष ७ नम्बर प्रदेश (४०२७)


लिलामणि पौडल ,महासचिव (लोकतान्त्रिक समूह) (४१७८)
रुद्रप्रसाद पोखरेल कोषाध्यक्ष (४०४६)


मोहन साह शंकर दलित सदस्य (४०७९)
पंचनारायण मण्डल मधेशी सदस्य, उपत्यका बाहिर (४१०८)
मनोज कुमार चौधरी सदस्य मधेशी (लोकतान्त्रिक समूह) (३९३०)
विनाकुमारी सिंह चौधरी आदिबासी जनजाति सदस्य उपत्यका बाहिर (४१०५)
बद्रीनारायण नगरकोटी आदिबासी जनजाति सदस्य (३९९८)


कल्पनाकुमारी भण्डारी महिला सदस्य उपत्यका बाहिर (४१४५)
अन्जु कायस्थ महिला सदस्य खुल्ला (४०१४)
डा. शिवराज पण्डित उपत्यका बाहिर सदस्य (४१६४)
गंगासागर खत्री खुल्ला सदस्य (४०२२)
भीमसेन बन्जारा खुल्ला सदस्य (३९८२)


भुवनप्रसाद निरौला खुल्ला सदस्य (३९७६)
प्रकाश महर्जन खुल्ला सदस्य (३७४२)
बालकृष्ण गैरे खुल्ला सदस्य (३४८९)
खिमानन्द अधिकारी खुल्ला सदस्य (३४२४)

bar1

bar 2

bar 3

२०७५ चैत्र २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्