Rara Pharmacy

यसरी बिग्रँदैछ राराको वातावरण (फोटो कथा)

सेरोफेरो
यसरी बिग्रँदैछ राराको वातावरण (फोटो कथा)

६ बैशाख । स्वर्गकी अप्सरा राराको उपनाम हो । तत्कालिन राजा महेन्द्रले रारा घुम्न गएका बेला दिएको उपमा हो यो ।

 

हुनत राराले अहिले पनि सबैको मन नलोभ्याउने होइन । तर 'माल पाएर चाल नपाएजस्तो' रारा तालको उचित व्यवस्थापन गर्न नसक्दा एकातिर पर्यटकहरुले सास्ती भोग्नु परेको छ भने अर्कोतिर तालको सुन्दरता कुरुप बन्दै गएको छ ।


प्लाष्टिक जन्य फोहोर, घोडाको लादी, रक्सीका बोत्तल र अन्य मानविय क्रियाकलापले रारा तालको वरपर फोहोर जम्मा भएको छ । ताल छेउमा आयोजना गरिएका महोत्सव एवं विभिन्न कार्यक्रमहरुमा प्रयोग भएका प्लाष्टिकको व्यवस्थापन हुन नसक्दा तालको किनारामा फोहोर जम्मा भएको छ भने हावाले उडाएर तालको बिच भाग तथा जंगलमा समेत पुर्याएको छ ।


तालमा अस्तव्यस्त बिजुलीका पोल, ढलेका रुख र फैलदै गएको झारले तालको सुन्दरतामा तगारो बनेका छन् । बेलैमा सरोकारवालाको ध्यान नपुग्ने हो भने ताल र त्यस वरपरको वातावरण अझ विग्रन सक्छ ।

 

 बिग्रँदो रारातालको वातावरण झल्किने केहि तस्बिरहरु हेर्नुहोस् ।

IMG_4043

IMG_4044IMG_4045IMG_4129IMG_4156IMG_4159IMG_4160IMG_4170IMG_4190IMG_4233IMG_4246IMG_4303IMG_4490IMG_4314

२०७६ बैशाख ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्