Rara Pharmacy

गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप : प्रधानमन्त्री ओली

सेरोफेरो
गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप : प्रधानमन्त्री ओली

२३ बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन् । गणतन्त्र दिवश मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवश बनाउनु पर्नेमा जोड दिए । “यस दिवशलाई गाउँगाउँ र घरघमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने “यो जनताको दिवश हो । जनताले जितेको उत्सवको रुपमा यसलाई मनाउनु पर्दछ ।”


कुनै एउटा आन्दोलनबाट मात्र नेपालमा गणतन्त्र आएको नभई विभिन्न समयका आन्दोलन र त्यागले गणतन्त्रको स्थापना भएको प्रधानमन्त्रीको भनाई छ । गणतन्त्रको स्थापनाले नेपालमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई बिस्थापित गरेको उनले बताए ।

 

कुनैबेला राजा बन्नपनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको प्रधानमन्त्री ओलीको भनाइ छ । “कुनै बेला लिगलिग कोटको राजा हुन पनि दौडमा जित्नु पथ्र्यो । यो कुराले त्यसबेला जन्मसिद्ध श्रेष्ठता थिएन भन्ने पुष्टि गर्छ ” प्रधानमन्त्री ओलीले भने “पछिका शासकमा जन्मसिद्ध श्रेष्ठता स्थापित गरेर जनताको अवमूल्यन गरे । गणतन्त्रले त्यस मान्यतालाई बिस्थापित गर्‍यो ।”

 

गणतन्त्र दिवशका अवसरमा देशलाई अग्रगामी बाटो तर्फ लैजाने गरी बहस हुनु पर्ने प्रधानमन्त्रीको भनाई छ ।

२०७६ बैशाख २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्