Hilsa Yatayat

दरबार हत्याकण्ड अझै रहस्यमय : कहालीलाग्दो हत्याको १६ वर्ष पुग्यो

दरबार हत्याकण्ड अझै रहस्यमय : कहालीलाग्दो हत्याको १६ वर्ष पुग्यो

सेरोफेरो

१९ जेठ, काठमाडौं । राजदरबार हत्याकाण्ड भएको आज शुक्रबार १६ वर्ष पूरा भएको छ । तत्कालीन राजा वीरेन्द्रको वंशनाश आजैको दिनमा नारायणहिटी राजदरवारमा भएको थियो ।


सुन्दासमेत शरिर फुलेर आउने उक्त घटना नेपालको इतिहासमा ज्यादै दुःखदायी थियो । वि.सं २०५८ जेठ १९ गते राति राजदरवारमा आयोजना गरिएको पारिवारीक भोजमा कहालिलाग्दो हत्या कण्ड भएको थियो । राजतन्त्रमा संचारमाध्ययम स्वतन्त्र नभएको अवस्थामा उक्त घटनाको तथ्य बाहिर आउन नसकेको हो । सो हत्याकण्डमा राजपरिवारका १० जनाको हत्या भएको थियो ।

 

हरेक नयाँ सरकार गठन हुँदा राजदरवार हत्याकण्डको छानविन गर्ने प्रतिवद्धता जनाएपनि त्यसमा कसैले चासो देखाएको पाइदैन । जनताहरुको  तथ्य थाहापाउने माग समेत हाल सम्म पुरा हुन सकेको छैन । पुर्वप्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालाले सरकारको नेतृत्व गरेको समयमा हत्याकण्ड भएको थियो । उनले समय आएपछि यसको खुलासा गर्ने प्रतिवद्धता गरेका थिए । कोइरालाको निधनपश्चात जनताले अव यसको तथ्य थाहा पाउने आसा समेत मारिसकेका छन् ।

 

दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि नारायणहिटी संग्रहालयले दरबार हत्याकाण्ड भएको घर त्रिभुवन सदन निर्माण सुरु भएको छ । दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण सुरु गरिएको हो । हत्याकण्ड भएको त्रिभुवन सदन समेत पुर्व राजा ज्ञानेन्द्रले भत्काएका थिए । तल्कालीन सभामुखकले प्रस्तुत गरेको छानविन प्रतिवेदनमा युवाराज दिपेन्द्रलाइ दोषी देखाइएको थियो । यसको पुन स्वतन्त्र छानविन भने हुन सकेको छैन ।

 

२०७४ जेठ १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्