Rara Pharmacy

होमस्टेबाट आत्मनिर्भर बन्दै डल्ला बर्दियाका थारु समुदाय (फोटो कथा)

गणेश ओली/सेरोफेरो
होमस्टेबाट आत्मनिर्भर बन्दै डल्ला बर्दियाका थारु समुदाय (फोटो कथा)

२६ वैशाख । बर्दियाको डल्लामा रहेको थारु होमस्टे मार्फत समुदायहरु आत्मनिर्भर बन्दै गएका छन् । यो क्षेत्रमा बार्दिया राष्ट्रिय  निकुञ्जका जनावरका कारण खेतीबाली पनि नहुने र यहाँका समुदायहरु रोजगारीको लागी बाहिर जानु पर्ने बाध्यता रहेकोले होम स्टे संचालन गर्नु परेको डाल्ला होम स्टे संचालक समितिका अध्यक्ष मंगल थारुले बताए ।

 

जब होमस्टेको अवधारणा आयो त्यस पश्चात कोहीपनि बेरोजगार बस्नु परेको छैन अध्यक्ष थारुले भने । डल्ला होम स्टेमा आन्तरीक र बाह्य गरी धेरै पर्यटकहरु थारु संस्कृतिको अवलोकन र निकुञ्जका जनावरको अवलोकन गर्न आउने गर्दछन् ।

1
२०६७ फागुन १७ गते बाट थारु समुदायको पहलमा संचालन भएको डल्लागाउँ थारु होमस्टेलाई शुरुवातमा तराई भुपरिधी कार्यक्रम अन्तर्गत डब्लु डब्लु एफले सहयोग गरेको होमस्टे संचालक देवराज चौधरीले जानकारी दिए ।


सभासद शान्ता चौधरी मिस नेपाल सदिक्षा श्रेष्ठको उपस्थितीमा शुरुवात भएको डल्लागाउँ होम स्टेमा महानायक राजेश हमाल दुतको रुपमा रहेको समेत संचालक देवराजले जानकारी दिए । जनावरले बालीनाली सधै नष्ट गरेर आक्रान्त भएका नागरीकहरुले विभिन्न उपाय खोजीरहेको बेला तराई भुपरिधी कार्यक्रमले देशका विभिन्न स्थानमा संचालन भएका होमस्टेको अवलोकन पछि समिति निर्माण गरी २२ घरधुरीले संचालन गरेको उनले बताए ।


जैविक विविधता र पर्यावरणको संरक्षणमा हामी लागेको त्यही हेर्न पर्यटकहरु आउने गरेको उनले बताए । यहाँ एक सिंङ्गे गैडा, हाक्ति र पाटे बाघ जस्ता जनावर हेर्न सयौको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको संचालक मंगल चौधरी बताउछन् । जनावरका कारणले नागरिकहरुको आय स्तर बृद्धि भएको संचालकहरु बताउछन् ।

2
होमस्टेबाट खर्च कटायर मासिक २५ देखि ३० हरेक परिवारले कमाउने गरेको उनले जानकारी दिए । डल्लामा सवै अर्गानिक खाना र थारु परिकारहरु धनचरीको सेकुवा, घुङी, अनन्दीको भात, मुसाको अचार, ढिक्री, मासको खरिया जस्ता परिकारहरु पाईन्छ ।


नौ जनाको क्षमता भएको रुखमा घर :
समुदायको अगुवाईमा विच जंगलको रुखमा घर बनाएर पर्यटकहरुलाई आकर्षीत समेत गरेको छन् । नौ जनाको क्षमता भएको रुखको घरमा सवै सुविधाको व्यवस्था छ । उक्त रुखबाट रातको समयमा जनावरको अवलोकन गर्न पाईन मंगल थारुले बताए ।

 

रुखको घर (ट्री होम) मा लाईट बाल्न मनाही छ भने धुम्रपान समेत गर्न पाईदैन ।

3

4

5

6

२०७६ वैशाख २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्