Rara Pharmacy

वैशाख २४ गते बसेको कर्णाली सरकारको बैठकका निर्णय सार्वजनिक

सेरोफेरो

३० वैशाख । बैशाख २४ गते बसेको कर्णाली सरकारका निर्णयहरु सार्वजनिक गरिएको छ । बैठक बसे लगतै निर्णयहरु सार्वजनिक गर्दे आएको सरकारले यो पटक करिव एक हप्ता पछि सार्वजनिक गरेको हो ।

 

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका संसदिय दलका नेता जिवनबहादुर शाहीले सरकारले निर्णय सार्वजनिक नगरेको प्रति आपत्ति जनाएका थिए ।

 

मिति २०७६ बैशाख २४ गते मंगलबार दिउँसो ०१ः०० बजे बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् वैठकले गरेका निर्णयहरु :

१ कर्णाली प्रदेश सभाको चौँथो अधिवेशन मिति २०७६र०२र१० गते दिउँसो ०३:०० बजे प्रदेश सभा भवन, सुर्खेतमा बस्ने गरी आह्वान गर्न माननीय प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने।
२ आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको आम सञ्चार तथा सूचना प्रविधि सम्बन्धी विद्येयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।


३ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेको रसायन तथा रसायनिक विषादी नियन्त्रण विद्येयक २०७६, पशु वद्यशाला तथा मासु जाँच विद्येयक २०७६, माटो तथा मल व्यवस्थापन विद्येयक २०७६, तर्जुमाको लागि सैद्धान्तिक स्वीकृत प्रदान गर्ने।


४ आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रस्तावित द्वन्दपिडित राहात तथा उपचार सम्वन्धी कार्यविधि २०७५, उद्धोग, पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा प्रस्तावित कर्णाली प्रदेश पर्यटन वोर्ड गठन आदेश २०७६ र आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा प्रस्तावित कर्णाली पूर्वाधार विकास प्राधिकरण गठन, काम, कर्तव्य र अधिकार सम्वन्धी व्यवस्था गर्न वनेको विधेयकको मस्यौदामाथि थप छलफलका लागि प्रदेश मन्त्रिपरिषद प्रशासन तथा विधेयक समितिमा पठाउने।


५ कर्णाली प्रदेशका सवै जिल्लामा शान्ति सुरक्षा सम्वन्धी विभिन्न कार्यक्रम संचालन गर्न प्रमुख सचिवको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव र प्रदेश प्रहरी प्रमुख सदस्य रहेको समिति गठन गरि कार्यक्रम संचालन गर्ने ।


६ डोल्पा जिल्लाको जगदुल्ला गाँउपालिकाको केन्द्र परिवर्तन सम्वन्धमा सो गाउँपालिकाको केन्द्र साविक वडा नं २ स्थित कार्इगाँउवाट वडा नं। ५ स्थित माझगाँउ भन्ने स्थानमा तोक्ने सम्वन्धमा नेपाल सरकार समक्ष सिफारिश गर्ने ।

 

२०७५ वैशाख ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्