Rara Pharmacy

गुठी बिधेयकबाट कसैलाई मार परेको भए सरकारले सच्याउछ : प्रमओली

सेरोफेरो/काठमाडौं
गुठी बिधेयकबाट कसैलाई मार परेको भए सरकारले सच्याउछ : प्रमओली

१ असार, काठमाडौं । प्रधानमन्त्री ओलीले गुठी विधेयकले कसैलाई मार परेको भए त्यसलाई सरकारले हेर्ने बताए । “गुठीका नाममा कतिपय ठाउँमा गरिब माथी शोषण भएको छ । त्यो शोषण हामी हटाउन चाहन्छौं ” प्रमओलीले भने “तर यसले कसैलाई धक्का परेको भए त्यसलाई पनि हेर्छौं ।”


यूरोपको ९ दिने भ्रमण पुरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरु सँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताप्रति उतदायी भएको बताएका छन् ।

1 Aashar photo
प्रधानमन्त्री ओलीले सरकारले जनताको इच्छा अनुसार कामगर्ने भएकोले विभिन्न बहानामा जनता नउछाल्न चेतावनी दिएका छन् । “अबको समय आवेश उत्तेजना र द्वन्द्वको समय होइन” प्रधानमन्त्री ओलीले भने “यो संवाद, सहमति, र अग्रगमनको समय हो ।”


प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताप्रति उतरदायी भएकोले जनताको मन दुखाउने काम नगर्ने बताएका छन् । “यो सरकारले जनताको मन दुखाउने होइन जनता हसाँउने काम गर्छ ” प्रधानमन्त्री ओलीले भने ।

२०७६ असार १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्