Rara Pharmacy

माईतीघरको शान्तीपूर्ण प्रदर्शन, संयममित प्रदर्शनकारी

सेरोफेरो/काठमाडौं
माईतीघरको शान्तीपूर्ण प्रदर्शन, संयममित प्रदर्शनकारी

४ असार । माईतिघर मण्डलमा आज गुठी विद्येयकको खारेजीको माग गर्दे बृहत प्रदर्शन गरिएको छ । विभिन्न गुठीयार र अन्य विभिन्न व्यक्तिहरुको अगुवाईमा भएको प्रदर्शनले काठमाडौको मुख्य क्षेत्र माईतिघर मण्डला क्षेत्रको यातायात पूर्ण रुपमा ठप्प भयो । हातमा सरकार विरुद्ध नारा लेखिएका व्यानर र प्लेकार्ड बोकेका हजारौं संख्यामा प्रदर्शनकारीहरु उपस्थित भएका थिए ।

 

तर आजको प्रदर्शन भने शान्तीपुर्ण रुपमा सम्पन्न भएको छ । गुठी विधेयक विरुद्ध आन्दोलनको नेतृत्वकर्ता डा. महेशमान श्रेष्ठले जनताको दवावबाट सरकारले गुठी विधेयक फिर्ता लिएको बताए । ३ दर्जन गुठी सम्वद्ध व्यक्तिहरु संगै प्रतिपक्षले समेत प्रदर्शनलाई साथ दिएको छ ।

 

गुठी राष्ट्र कै एक अमुल्य निधि भएको र हाम्रा सभ्यताको पहिचान भनेकै गुठी परम्परा भएकोले गुठीलाई विधेयकका नाममा सरकारले नियन्त्रण गर्न खोज्नु आफैमा हाम्रो सभ्यता र पहिचान माथिको प्रहार भएको प्रदर्शनका सहभागी तथा अधिवक्ता राजु शाक्यले बताए ।  शाक्यले भने "गुठीको जग्गा गुठीकै नाममा हुनुपर्छ ।"

 

यो प्रदर्शनमा सम्पुर्ण प्रदर्शनकारीहरु ज्यादै संयममित देखिएका थिए । उनिहरुले एम्वुलेन्सलाई बाटो छोड्ने, अन्दोलनकारीलाई पानी दिने, प्रहरीलाई फुल दियर बाटो माग्ने र फोहोरहरु समेत उठाइरहेका दृष्यहरु देखिन्थे । गुठी विधेयकको चौतर्फी विरोध भएपछि मंगलबार सरकारले विद्येयक फिर्ता लिएको हो ।

२०७६ असार ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्