Rara Pharmacy

प्रमुख प्रतिपक्षका कारण कर्णाली प्रदेशको बैठक अवरुद्ध

सेरोफेरो
प्रमुख प्रतिपक्षका कारण कर्णाली प्रदेशको बैठक अवरुद्ध

८ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण कर्णाली प्रदेश सभाको आजको वैठक अवरुद्ध भएको छ । बिनियोजित विद्येयकमाथिको छलफलमा मुख्यमन्त्री काम विषेशले बाहिर गएको अवस्थामा बैठक अबरुद्ध नगर्न सभामुख राजबहादुर शाहीले अनुरोध गरे ।

 

बजेट माथिको छलफलको क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा उपस्थिती नभएको भन्दै काँग्रेसका सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् । संसदिय दलका नेता जीवनबहादुर शाहीले बैठक छोडेर मुख्यमन्त्री हेलीकप्टर चडेर जानु उपयुक्त नभएको बताए । उनले भने 'हामी कार्यकर्ताको निधन हुँदासम्म बैठक छोड्न नसकी गएका छैनौं ।'

 

आजको बैठक १५ मिनेटका लागी स्थगीत भएको छ ।

२०७६ असार ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्