Rara Pharmacy

सुर्खेतका स्थानीय तहका नीति तथा कार्यक्रम : पूर्वाधार विकासलाई प्राथमिकता

सेरोफेरो/सुर्खेत
सुर्खेतका स्थानीय तहका नीति तथा कार्यक्रम : पूर्वाधार विकासलाई प्राथमिकता

१० असार । कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी सुर्खेतका अन्य नगरपालिका र गाउँपालिकाहरुको समेत पाँचौ नगरसभा र गाउँसभा शुभारम्व भएको छ । जनतासंग प्रत्यक्ष रुपमा जोडिने स्थानीय सरकारले विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकासका विभिन्न क्षेत्रमा नीति तथा कार्यक्रमलाई लक्षित गरेको पाइएको छ । 

वीरेन्द्रनगर नगरपालिका :
वीरेन्द्रनगर नगरपालिकाका उप प्रमुख मोहनमाया ढकालले मंगलबार नगरसभामा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।


वीरेन्द्रनगरमा चालु तर्फ ७४,९३,३८,४०० (चौरत्तर करोड त्रियानब्बे लाख अड्तिस हजार चार सय) र पूँजीगत तर्फ ४५,०३,१२०० (पैचालिस करोड तीन लाख बाह्र हजार) बराबरको बजेट उपप्रमुख ढकालले प्रस्तुत गरेकी हुन्। नगरपालिकाले वीरेन्द्रनगर नगरपालिकाले ‘मैले खोजेको अधिकार, मेरा लागि महिला स्वरोजगार’ अन्तर्गत महिलाका लागि सीप विकास प्रशिक्षण स्थापना गर्ने र स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

‘सुन्दर नगर बनाउँ मिलीजुली, सडक तथा घरमा बत्ती झिलिमिली’ भन्ने नारालाई आत्मसात् गर्दै हालसम्म विद्युत् प्रसारणलाइन विस्तार नभएका वडा नम्बर १५ र १६ मा विद्युत् लाइन विस्तार गर्ने उल्लेख गरिएको छ।


‘सेवा दिने घरघरबाट, सरकारी काम कम्प्युटरबाट’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै प्रविधिमैत्री नगरको अवधारणालाई एकीकृत सफ्टवेयरका माध्यमबाट कर प्रणाली, बजार निगरानी, नक्साको डिजिटलाइजेसन, योजनाको सम्झौतालगायतका डिजिटल नगर प्रोपफाइल तयार गरिने उल्लेख छ।‘


‘लिँदैन म फोहर, घरमैै बनाउँछु मोहर’ अभियानका साथ नगरपालिकाका केही वडाहरूमा शून्य फोहरउन्मुख नीतिगत तथा संस्थागत क्षमताको विकास गरिने उल्लेख छ। आगामी आर्थिक वर्षमा कम्तीमा २५ वटा टोलको फोहर संकलनमा कम्तीमा ५० प्रतिशत कमी ल्याइने कार्यक्रममा उल्लेख छ ।

लेकवेशी नगरपालिका :

लेकवेशी नगरपालिकाले पाँचौ नगरसभाबाट ४८ करोड ४८ लाख, ८० हजार बजेट प्रस्तुत गरेको छ। उपप्रमुख शान्ति छन्त्यालले आगामी आव २०७६र०७७ का लागि उक्त मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

 

कुल बजेटमध्ये चालुतर्फ २३ करोड ७१ लाख २२ हजार विनियनेजन गरिएको छ भने पूँजीगततर्फ १८ करोड ३३ लाख ६६ हजार विनियोजन गरिएको नगप्रमुख गगनसिंह सुनारले जानकारी दिए।

 

भेरीगंगा नगरपालिका :
भेरीगंगा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दे उपप्रमुख रेणु आचार्यले नागरीकताको सिफारिसलाई निशुल्क गर्ने उल्लेख छ । साथै पूर्वाधार, कृषि, स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता दिईएको छ ।

 

नगरपालीकाले करिब ५७ करोड २० लाख ८५ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ ।

 

पञ्चपुरी नगरपालिका :
पञ्चपुरी नगरपालिकाले पाँचतले गुफा हुँदै पलैँटेसम्म केबलकार सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा पञ्चपुरी नगरपालिका–१ को पाँचतले गुफादेखि वडा नम्वर–२ को पलैटेसम्म केबुलकार सञ्चालनमा ल्याइने उल्लेख छ।

 

नगरपालिकाले वडा नम्वर ५, ९, १० र ११ लाई बदाम खेतीको पकेट क्षेत्र घोषणा गरेको छ। पहिलो चरणमा यि वडाका कृषकहरुलाई वीउमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

 

यस्तै वडा नम्वर १, २, ६, ७ र ८ लाई टिमुर, तेजपातलगायतका जडिबुटीको पकेट क्षेत्र घोषणा गरिएको मेयर उपेन्द्रबहादुर थापाले जानकारी दिए। नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउका लागि एक हजारबढी कुखुरापालन गर्ने कृषकलाई खोर निर्माणका लागि अनुदान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। नगरपालीकाको कुल बजेट ५४,८,१००४५४। (चउन्न करोड, आठ लाख, एक हजार चार सय चउन्न) रहेको उपप्रमुख मुक्ती रेग्मीले जानकारी दिइन् ।

 

बराहताल गाउँपालिका :

बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४० करोड १५ लाख ८२ हजार कुल बजेट प्रस्तुत गरेको छ। जसमध्ये पूँजीगततर्फ १४ करोड २६ लाख ८२ हजार विनियोजन गरेको छ भने चालु तर्फ ९ करोड २० लाख विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिए।

 

यस गाउँपालिकाको नीति कार्यक्रमले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ ।

 

सिम्ता गाउँपालिका :
सिम्ता गाउँपालिकाको समृद्धीको आधार भौतीक पुर्वाधार विकासको नारालाई सफलीभुत बनाउनका लागी गाउँपालिकाको समग्र विकासका लागी योजनावद्ध विकासका अभियान सचालन गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।


सिम्ता गाउँपालिकाका वडा नम्वर १ देखी ९ सम्मका वडाहरुको केन्द्र सम्म सडक पहुच मार्ग निर्माण गरि स्तरोन्नती गरिने, गाउँपालिकाको सडक पुर्वाधार विकासमा सहयोग गर्नका लागी ऋषी स्मृती चक्रपथर ईन्द्र विसि दुर्तमार्गलाई गाउँपालिकाको गौरवको योजनाको रुपमा राखिएको अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए ।


साथै सिम्तामा विधुतीकरणका लागी सिम्ता उज्यालो कार्यक्रमलाईर सिंचाई खानेपानी तथा साना सडकहरुलाई प्राथमिकता दिइएको छ । ०७६।७७ का लागी ३९ करोड ५२ लाख ४८ हजार विनियोजन गरिएको छ ।

 

चिंगाड गाउँपालिका :
चिंगाड गाउँपालिकाले २७ करोड ७३ लाख ३९ हजार बरावरको कार्यक्रम अगाडी सारेको छ । यस अन्र्तगत चालु तर्फ १८ करोड ७७ लाख ५४ हजार र पुँजीगत तर्फ ८ करोड ९५ लाख ८५ हजार रहेको गाउँपालिका अध्यक्ष देवबहादुर चन्दले बताए ।

 

गाउँपालिकाको मुख्य प्राथमिकतामा चिंगाड अध्यक्ष रोजगार कार्यक्रम, चिंगाड गाउँपालिका महिलासंग उपाध्यक्ष कार्यक्रम, चिंगाड अध्यक्षकप खेलकुद कार्यक्रम, चिंगाड अध्यक्ष जेहेन्दार छात्रवृति कार्यक्रम, एक टोल एक स्टेचर कार्यक्रम, एक घर एक मिटर सहितको धारा, चिंगाड बहुमुखी क्याम्पस स्थापना, चिंगाड बहुप्राविधिक शिक्षालय स्थापना, गाउँपालिका संग बालबालिका न्यानो कपडा कार्यक्रम, युवा लक्षित लोकसेवा तयारी कक्षा कार्यक्रम, उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, शिक्षिका सम्मान कार्यक्रम, म.स्वा.स्वय.सेविका पोषाक भत्ता, टेण्डरमा जाने सडक योजना बाहेक बाकि न्युनतम दररेट मार्फत संचालन गरिने, मालिका पर्यटकिय संरक्षित क्षेत्र घोषणा, आमा घर व्यवस्थापन कार्यक्रम, पाठेघर खसेका महिलाको उपचार सहयोग, गर्भवती महिलाको चेक जाँचमा सहयोग, बडा कार्यालयलाई गाउँपालिका केन्द्रसम्म जोड्ने सडक निर्माण, बालबालिका सिकाई उपलब्धि वढाउन गाउँपालिका सबै विद्यालय छात्रामय बनाउने जस्ता कार्यक्रमहरु समेटिएको उपाध्यक्ष मनमाया आचार्यले जानकारी दिइन् ।

 

चौकुने गाउँपालिका :
चौकुने गाउँपालिका सुर्खेतको कुुल बजेट ३४ करोड ४० लाख ,पूँजिगत १५ करोड ६५ लाख, चालू खर्च, ५ करोड ससर्त अनुदान १३ करोड ४५ लाख ,प्राथमिकता शिक्षा ,स्वास्थ्य ,कृर्षि, खानेपानी र पुर्वाधारलाई मुख्य प्राथमिकता दिइएको उपाध्यक्ष निर्मला रानाले जानकारी दिईन्

२०७६ असार १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्