Rara Pharmacy

पूर्वसभासद डिबी कार्की भ्रष्टाचारी ठहर

सेतोपाटी
पूर्वसभासद डिबी कार्की भ्रष्टाचारी ठहर

 १८ असार । सर्वोच्च अदालतले पहिलो संविधानसभाका सभासद डोलबहादुर कार्की (डिबी)लाई भ्रष्टाचारी ठहर गरेको छ।

 

सभासद हुँदा प्रहरी निरिक्षक बनाइदिन्छु भन्दै पैसा असुलिरहेका बेला रंगेहात पक्राउ परेका डोलबहादुर कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो।

 

२०६७ सालमा विशेष अदालतले पनि उनलाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो। तर कार्कीले सर्वोच्चमा पुनरावेदन दिएका थिए।

 

मंगलबार न्यायाधीश दीपक कुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले विशेषकै फैसला सदर हुने ठहर गरेको छ।

 

२०६७ साल फागुनमा अख्तियारको टोलीले कार्की र उनका सहयोगी स्वामी ब्रम्हानन्द उदासिनलाई काठमाडौंको भिमसेनगोलास्थित घरैबाट घुसबापत लिएको एक लाखसहित पक्राउ गरेको थियो।

 

पहिलो संविधानसभामा तत्कालीन एमालेका समानुपातिक उम्मेदवार रहेका कार्की वामदेव निकट मानिन्थे। त्यतिबेला भीम रावल गृहमन्त्री थिए।

 

त्यतिखेर प्रहरी प्रधान कार्यालयले ८० प्रहरी निरीक्षकका लागि भर्ना खोलेको थियो।

२०७६ असार १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्