Rara Pharmacy

'असारे विनाश'

सेरोफेरो/सुर्खेत
'असारे विनाश'

२५ असार । आर्थिक बर्षको अन्त्य अर्थात् असारमा हुने विकासलाई 'असारे विकास' भनिन्छ । असारे विकास भ्रष्टाचार, बेथिति र अनियमितताको ज्वलन्त उदाहरण हो ।

 

सबैलाई थाहा छ-असारमा विकास संभव छैन । यद्धपी सबै विकासे काम असारमा हुन्छ ।

 

हामी सबैको घर अगाडीका बाटा असारमा बन्छन् । नाला असारमा बन्छन् । गोष्ठी, सेमिनार असारमै हुन्छन् । सहभागीलाई दैनिक चार-पाँच कार्यक्रम भेट्न भ्याईनभ्याई हुन्छ । असारमा के हुँदैन यहाँ ? हरेक पसलमा विल बनाउनेको भीड हुन्छ । कार्यालयमा चेक काट्नेको भीड-बैंकमा साट्नेको ।

 

असार विकासमैत्री महिना होइन । तर सबै विकासप्रेमी असारमै विकास गर्छन् र 'विकास खान्छन्' । असारमा झरी पर्छ भन्ने सबैलाई थाहा छ । पहाडमा पहिरो लड्छ । तराईमा बाढी हुन्छ । तर पनि हामीलाई पैसा सस्तो भएर हो वा अरुको भएर हो बढी हुन्छ । काम टालटुले हुन्छ । हामी टुलुटुलु हुन्छौं ।

 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित हटलाइन मार्गको निर्माण कार्य पनि यतिबेला हुँदैछ । प्रदेशका धेरैजसो 'ठूला-साना' मान्छे हिंड्ने यस सडकको अवस्था एउटै विन्दुमा उभिएर सेरोफेरोले दायाँ बायाँ क्लिक क्लिक गरेको छ ।

2

र, यसैलाई भन्न खोजिएको हो 'असारे विनास' ।

 

२०७६ असार २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्