Rara Pharmacy

बिपी प्रतिष्ठानका उपकुलपति ८ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ

सेरोफेरो
बिपी प्रतिष्ठानका उपकुलपति ८ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ

२६ असार । धरानस्थिन बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार ८ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।

 

काठमाडौँबाट गएको अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहीबार धरानबाट घुससहित रंगेहात पक्राउ गरेको हो । उनीसँगै डा. रामहरि रौनियार पनि पक्राउ परेका छन् ।

 

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु दुईजना पक्राउ परेका हुन् ।

२०७६ असार २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्